एलन मस्कले आफैले गरेको सर्वेक्षणमा उनलाई ट्वीटरको सीआईओबाट हट्न ५७ प्रतिशतको मत
प्रकाशित मिति : पुस ४, २०७९ सोमबार
एलन मस्कले ट्वीटरमा एउटा जनमत सर्वेक्षण गर्दै त्यसमा आफ्नो विपक्षमा बढी मत आएमा ट्वीटरको सीईओ नरहने घोषणा गरेकोमा ५७ दशमलव ५ प्रतिशतले उनी ट्वीटरको सीईओ रहन नहुने भन्दै मत दिएका छन् । उनी आफैले गरेको सर्वेक्षणमा उनले नतिजाको पालना गर्ने उल्लेख गर्दै के मैले ट्विटरको प्रमुखको पद छोड्नु पर्छ ? भनेर प्रश्न गरेका थिए ।
छोड्नुपर्छमा ५७ दशमलव ५ प्रतिशतले र पदैनमा ४२ दशमलव ५ प्रतिशतले मत हालेका थिए । सर्वेक्षणपछिका धेरै फलो अप ट्वीटहरूमा मस्कले यदि उनको विपक्षमा मत गरिएमा ट्विटरको भविष्यको बारेमा अस्पष्ट धम्की दिएका थिए । तर अब मस्कले ट्वीटरको सीईओ पद छाड्छन् वा छाड्दैनन् भन्नेबारे केही बताएका छैनन् ।
Should I step down as head of Twitter? I will abide by the results of this poll.
— Elon Musk (@elonmusk) December 18, 2022
४४ बिलियन डलरमा ट्विटर किनेको र अक्टोबरको अन्त्यमा सीईओको पदभार ग्रहण गरेदेखि मस्क प्लेटफर्म र यसको कार्यबलमा अचानक परिवर्तनहरू ल्याउने कारण धेरै विवादहरूमा फसेका छन्। सबैभन्दा पछिल्लो परिवर्तन अनुशार ट्विटरले फेसबुक र इन्स्टाग्राम सहित केहि अन्य सोशल मिडिया प्लेटफर्महरूका लिङ्कहरूमा प्रतिबन्ध लगाएको थियो ।
तर यो विवादास्पद नीति प्रारम्भ भएको २४ घण्टाभन्दा कम समयमा हटाइएको थियो । आगामी दिनमा ठूला नीतिगत परिवर्तनका लागि मतदान हुने उनले बताएका छन् ।