न्युयोर्कको क्वीन्स लाइब्रेरीले निशुल्क नागरिकता तयारी कक्षा संचालन गर्ने, यसरी गरौं दर्ता


प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार

Statue of Liberty during daytime close-up photography

न्युयोर्कको क्वीन्स लाइब्रेरीले निशुल्क नागरिकता तयारी कक्षा संचालन गर्ने भएको छ । १० सेसनमा संचालन हुने ती कक्षाहरुमा आफ्नो सुविधा अनुशार भर्चुअल र भौतिक रुपमा उपस्थीत भएर सहमागी हुन सकिनेछ ।

नागरिकता परीक्षाको तनाव कम गर्न अमेरिकी इतिहास, सरकार, र संस्कृतिको लगायत परीक्षा पास गर्न जान्न आवश्यक सबै कुरा सिकाउने लाइब्रेरीले जनाएको छ ।

प्रवेश निशुल्क छ रहेको छ भने पहिले दर्ता गर्नेहरुलाई कक्षामा सहभागी हुनका लागि प्राथमिकता दिइनेछ । हरेक सेसनमा २५ जना व्यक्ति मात्र सहभागी हुन सक्नेछन् । सहभागीहरूले सम्पूर्ण दश हप्ताका १० वटा कक्षा श्रृंखलामा उपस्थित हुनुपर्नेछ । कक्षा हप्ताको १ दिन हुनेछ ।

म्याकगोल्डरिक लाइब्रेरीमा जनवरी ५ देखि मार्च ९ सम्म हरेक बिहिबार बेलुका ६ बजे भौतिक कक्षा संचालन हुनेछ भने उडसाइड लाइब्रेरीमा जनवरी ७ देखि मार्च ११ सम्म हरेक शनिबार दिउसो २ बजे भौतिक कक्षा संचालन हुनेछ । अनलाइनबाट भर्चुअल कक्षा भने जनवरी १० देखि मार्च १४ सम्म हरेक मंगलबार बेलुका ६ बजे हुनेछ ।

कक्षामा सहभागी हुनका लागि अनलाइनमार्फत दर्ता गर्नुपर्नेछ । यसरी दर्ता गरेको २४ देखि ४८ घण्टाभित्र कन्फर्मेशन नम्बर प्राप्त गर्न सकिनेछ । यी कक्षाहरू अमेरिकी नागरिकताको परीक्षा र अन्तर्वार्ताको लागि तयारी गर्नका लागि हो । अनलाइन फर्ममा नाम, इमेल र आफू सहभागी हुन चाहेको कक्षा उल्लख गरेर बुझाउनुपर्छ ।

अनलाइन फर्म भर्नका लागि यहाँ क्लीक गर्नुहोला ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com