खराब मौषमका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या ३६ पुग्यो, न्युयोर्कमा मात्रै १२
प्रकाशित मिति : पुस १०, २०७९ आईतबार
खराब मौषमका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ भने न्युयोर्क राज्यमा मात्रै १२ जनाको मृत्यु भएको छ । अमेरिकामा बिदाको सप्ताहन्तमा आएको भयानक शीत आँधीबाट न्युयोर्क राज्यमा १२ जनाको मृत्यु भएको न्युयोर्क गभर्नर क्याथी होकुलले बताएकी छिन् ।
यात्रामा अहिले पनि समस्या रहेको छ भने देशभरि दशौं हजारका घरमा विद्युत आपूर्तिमा अवरोध आएको छ । न्यूयोर्कमा भारी ताल प्रभाव हिमपातले आपतकालीन उद्धार प्रयासहरूलाई अवरोध समेत गरेको छ।
तूफान जस्तै शक्तिशाली हावाहुरी र हिमपातको अवस्थाकाले जनजीवन प्रभावित भएको हो । बफेलो एयरपोर्ट मंगलबारसम्म बन्द छ।
राष्ट्रिय मौसम सेवाले आइतबार बिहान ७ बजेसम्म बफेलोको विमानस्थलमा ४३ इन्च हिमपात भएको जनाएको छ।
न्युयोर्कबाहेक ओहायो, कन्सास, भर्मन्ट, कोलोराडो, विस्कन्सिन र मिजौरीमा पनि मौसम सम्बन्धी मृत्यु रिपोर्ट गरिएको हो । आइतबार विहान मेन, न्युयोर्क, न्यु ह्याम्पशायर, भर्जिनिया र फ्लोरिडामा क्रिसमसको बिहान १ लाख ६५ हजार भन्दा बढी ग्राहकहरू विद्युतविहिन थिए ।
क्रिसमसको पूर्वसन्ध्यामा अमेरिकामा ३ हजार भन्दा बढी उडानहरू रद्द गरिएका थिए र क्रिसमसको दिनमा अहिलेसम्म १७ सय भन्दा बढी उडानहरू रद्द गरिएका छन्।