न्युयोर्कमा खुल्यो मनोरञ्जनका लागि पहिलो गाँजा पसल, सयौं ग्राहक ९० मिनेटसम्म लाइनमा


प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार

green cannabis on clear glass jar

न्युयोर्कमा मनोरञ्जनका लागि गाँजाको पहिलो कानुनी पसलले बिहीबारदेखि ब्यापार सुरु गरेको छ । जुन गाँजाका लागि देशको सबैभन्दा आकर्षक बजारहरू मध्ये एक हुने अपेक्षा गरिएको छ । दर्जनौं अनधिकृत पसलहरू वर्षौंदेखि खुला रूपमा सञ्चालनमा रहेपनि बिहिबारदेखि भने कानुनी रुपमा नै पसल खुलेको हो ।

पहिलो राज्य स्वीकृत गाँजा पसलको भब्य उदघाटन गरिएको छ । यो पसल गैर नाफामुलक हाउसिंग वर्क्सद्वारा सञ्चालित छ । न्युयोर्कमा आगामी महिनाहरूमा थप पसलहरु उदघाटन हुनेछन् । राज्यले मार्च २०२१ मा मनोरञ्जनात्मक गाँजाको प्रयोगलाई कानुनी मान्यता दिएको हो ।

clear glass jar filled with kush

उदघाटनपछि न्युयोर्कको इस्ट भिलेज स्टोरमा प्रवेश गर्न शुक्रबार पनि लामो लाइन लागेको थियो । इस्ट भिलेजको इस्ट ८ स्ट्रीट ब्रोडवेमा रहेको पसलमा प्रवेश गर्नेको लाइन एस्टोर प्लेसको वरपरसम्म पुगेको थियो । ग्राहकहरू शुक्रबार बिहान पसल खुल्नुभन्दा २ घण्टा अगाडिदेखि नै लाइन लागेका थिए ।

दिउँसोसम्म पसलले भीडलाई समायोजन गर्न कर्मचारीहरू थपेको थियो । दुईवटा नयाँ नगद रजिष्टरहरु थपेको थियो। तर ग्राहकहरुले अझै पनि अगाडिको ढोकामा ९० मिनेटसम्म प्रतीक्षा गरेका थिए । बिहिबार ५ सयभन्दा बढी ग्राहकले गाँजा किनेकोमा शुक्रबार उक्त संख्यामा उल्लेख्य बृद्धि भएको थियो ।

हाउजिङ वर्क्सले छ वटा बिक्रेताहरुबाट गाँजाका उत्पादनहरु प्रदान गर्दछ। यसले प्रयोगशालाको नतिजाको आधारमा केही महिना भित्र ३० विक्रेताहरूमा आफ्नो लाइन विस्तार गर्ने योजना बनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com