फेरि मोटायो मेगा मिलियन, ७८५ मिलियनको ज्याकपटक अब मंगलबार खोलिने


प्रकाशित मिति : पुस १६, २०७९ शनिबार

100 US dollar banknote

शुक्रबार पनि कसैलाई नपरेपछि मेगा मिलियन ज्याकपट मोटाएर ७८५ मिलियन डलरको पुगेको छ । अब यो इतिहासमै चौथो ठूलो मेगा मिलियन ज्याकपट बनेको छ ।

आगामी बर्षको सुरुवातमा खोलिने मेगा मिलियन लोटरीले कसैका लागि अत्यन्तै सुखद नयाँ बर्षको समेत सुरुवात गर्न सक्नेछ । मेगा मिलियन ज्याकपटले यस अगाडि इतिहासमा नै जम्मा ५ पटकमात्र ६ सय मिलियन नाघेको थियो ।

२०२२ को जुलाईमा खोलिएको १ दशमलव ३ बिलियनको लोटरी इलिनोयमा परेको थियो भने २१ को जनवरीमा खोलिएको १ दशमलव शुन्य ५ बिलियनको लोटरी मिसिगनमा परेको थियो । २०१८ को अक्टोबरमा १ दशमलव ५ बिलियनको लोटरी साउथ क्यारोलिनामा परेको थियो ।

२०१३ को डिसेम्बरमा ६४८ मिलियनको ज्याकपटक क्यालिफोर्निया र जर्जियामा परेको थियो । २०१२ को मार्चमा ६५६ मिलियनको लोटरी इलिनोय, कन्सास र मेरिल्याण्डमा परेको थियो ।

ज्याकपट विजेताहरूले आफ्नो जितेको पैसा एक पटकको नगद भुक्तानी वा वार्षिकी विकल्पका रुपमा सङ्कलन गर्न सक्छन् । बार्षिक भुक्तानी ३० किस्तामा गरिन्छ । एकमुष्ठ लिन चाहनेले ३९५ मिलियन प्राप्त गर्नेछन् ।

मेगा मिलियन चिठ्ठा अमेरिकाका ४४ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।

मेगा मिलियन हरेक मंगलबार र शुक्रबार न्युयोर्क समय अनुशार राती ११ बजे खोलिन्छ । यसको ज्याकपटक जित्नका लागि ३०२ मिलियन टिकटबीच सबैभन्दा धेरै भाग्यशाली हुन जरुरी छ । यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि ७० भित्रका ५ वटा नम्बर र १ देखि २५ भित्रको एउटा नम्बर छनौट गर्नुपर्छ ।

यस अगाडि अमेरिकामा पावरबल २ बिलियन डलर पुगेको थियो । उक्त पावरबल ज्याकपट लोटरी क्यालिफोर्नियाका व्यक्तिले जितेका थिए । तर अहिलेसम्म कसैले पनि उक्त टिकट दावी गर्न आएको छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com