अमेरिकामा आफ्नो कुकुरलाई रंगाएर पिकाचु जस्तो बनाउने मालिकलाई जरिवाना
प्रकाशित मिति : पुस १८, २०७९ सोमबार
अमेरिकामा आफ्नो कुकुरलाई रंगाएर पिकाचु जस्तो बनाउने मालिकलाई जरिवाना गरिएको छ । फ्लोरिडाका एक व्यक्तिले आफ्नो कुकुरलाई अनौठो स्वरुपका कारण चर्चित बनाएपछि अभियोगको सामना गर्नु परेको हो ।
एरिक टोरेसले आफ्नो कुकुरलाई पिकाचु पोकेमोन जस्तो देखिने गरी पहेंलो र कालो रंगको बनाएका थिए । तर टोरेस र उनको कुकुर चर्चामा आउनु अघि नै उनले मायामीको कानुन अनुसार कसैले जनावरको रौं रंगाउनु गैरकानूनी भएकोले जरिवाना लगाइने थाहा पाएका थिए ।
A fan brought a Pikachu dog to an NBA gamepic.twitter.com/IsPfMFSPTQ
— Dexerto (@Dexerto) December 27, 2022
स्थानीय कानुन अनुशार टोरेसलाई २ सय डलर जरिवानाको टिकट दिइएको छ । मायामी डेड पशु सेवाका प्रवक्ता क्याथलीन लाब्राडाले टोरेसको पसलबाट खरिद गरिएको बिरामी कुकुरको बारेमा गुनासो आएपछि त्यहाँ जाँदा रंग लगाइएको कुकुर फेला पारेको बताएका हुन् ।
टोरेसले उक्त कुकुरलाई फ्लोरिडामा ल्याउनु अघि क्यालिफोर्नियामा नै रंग लगाएको बताएका छन् । उनले सुरक्षित जैविक रङ प्रयोग गरेको पनि जानकारी दिए । छोरी पोकेमोनको फ्यान भएका कारण कुकुर रंगाएको उनले बताए ।
कुकुर रंगाउन करिब ६ महिना लाग्ने उनले बताए । कुकुरको छालामा कुनै जलन नभएको पनि उनको भनाई छ ।