पुटिनले गरे युक्रेनसँग ३६ घण्टाको युद्धविराम घोषणा


प्रकाशित मिति : पुस २१, २०७९ बिहीबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको सीमामा शुक्रबारदेखि शनिबार मध्यरातसम्म युद्धविराम गर्न रक्षा मन्त्रालयलाई भनेका छन् । यस समयमा अर्थोडक्स क्रिसमस मनाइनेछ।

युक्रेनले युद्धविरामको आह्वानलाई फसाउने जाल भन्दै अस्वीकार गरेको छ।

रुसका पेट्रिएक किरिलले अर्थोडक्स क्रिसमसको अवसरमा युद्धविरामको लागि आह्वान गरेका थिए। ७६ वर्षीय अर्थोडक्स नेता पुटिन र युक्रेनमा रुसको आक्रमणका समर्थक हुन्।

चर्चको वेबसाइटमा उनले सम्पूर्ण रुस तथा यस युद्धमा संलग्न सबै पक्षहरूलाई युद्धविरामको लागि अपील गरेका छन् । ताकि मानिसहरू अर्थोडक्स क्रिसमसको अघिल्लो रात र ख्रीष्टको जन्मको दिनमा सेवामा उपस्थित हुन सकून्।

जनवरी १ को रातमा युक्रेनले रसियाले कब्जा गरेको डोनेट्स्क क्षेत्रको माकिएभका सहरको एक कलेजमा रकेट आक्रमण गर्दा ठूलो संख्यामा रूसी सैनिकहरू मारिएका थिए ।

नयाँ वर्षका दिन ८९ जना रुसी सैनिकहरूको ज्यान जाने गरी भएको एक क्षेप्यास्त्र हमलाको कारण आफ्ना फौजले नियम तोडेर मोबाइल फोन चलाउनु रहेको मस्कोले जनाएको छ।

अधीनस्थ डोनेत्स्क क्षेत्रमा पर्ने म्याकिइभका सहरमा युक्रेनी हमलामा ४०० रुसी सैनिकहरू मारिएको र अन्य ३०० जति घाइते भएको किएभले दाबी गरेको थियो।

जारी युद्धमा यो एकै घटनामा रुसले स्वीकारेको मृत्युको सबैभन्दा उच्च सङ्ख्या हो।

रुसी अधिकारीहरूले धेरै जनाले मोबाइल फोनको प्रयोग गर्नुले शत्रुलाई उनीहरूको अवस्थिति थाहा पाउने मौका दिएको जनाएका छन्।

रुसको रक्षा मन्त्रालयका अनुसार यस हमलामा रेजिमेन्टका डेपुटी कमाण्डर लेफ्टिनेन्ट कर्नेल बाचुरिनको पनि मृत्यु भएको छ । आयोगले यस विषयमा छानबिन गरिरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com