आईसीसीको ‘प्लेयर अफ द मन्थ’ घोषणा, कसले जिते उपाधि ?
प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले डिसेम्बर २०२२ को ‘प्लेयर अफ द मन्थ’ को विजेता घोषणा गरेको छ।
इंग्ल्याण्डका ह्यारी ब्रुकले पहिलो पटक आईसीसी पुरुष खेलाडीको अवार्ड जितेका छन् । उनले उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानमा भएको आईसीसी विश्व टेस्ट च्याम्पियनसिप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
अष्ट्रेलियाकी एश्ले गार्डनर आईसीसी महिला खेलाडीको अवार्ड जितिन् । ब्याट र बलमा उनको शानदार प्रदर्शनले भारतलाई टी-२० सिरिजमा शानदार जित दिलायो।
ब्रुकले पाकिस्तानविरुद्धको प्रत्येक खेलमा शतक प्रहार गरेका थिए । इंग्ल्याण्डले सिरिज ३–० ले कब्जा गरेको छ । गार्डनरले डिसेम्बरमा १६६.६६ को स्ट्राइक रेटमा ११५ रन बनाए र १८.२८को औसतमा सात विकेट लिए।