‘आई ह्याभ अ ड्रीम’: मार्टिन लुथर किंगको २० औं शताब्दीको त्यो महान राजनीतिक भाषण
प्रकाशित मिति : माघ १, २०८० सोमबार
‘आई ह्याभ अ ड्रीम’ मार्टिन लुथर किंगको सबैभन्दा कडा र आमूल परिवर्तनकारी भाषण हो । उनले त्यतिबेला के भनेका थिए भन्ने कारणले होइन, त्यसबेलादेखि अमेरिका कसरी परिवर्तन भएको छ भन्ने कारणले यो भाषण महत्वपूर्ण मानिन्छ ।
यसलाई सबै कुरा परिवर्तन गर्ने क्षण भनिन्छ, जुन २० औं शताब्दीको सबैभन्दा महान राजनीतिक भाषणका रुपमा चर्चित छ ।
अमेरिकाले आज मार्टिन लुथर किंग जुनियर डे को राष्ट्रिय बिदा मनाउने क्रममा लाखौं अमेरिकीहरूले फेरि एक पटक त्यो दिनको अनौपचारिक साउन्डट्र्याक सुनिरहेका छन् आई ह्याभ अ ड्रीम ।
यो सार्वजनिक भाषण मार्टिन लुथर किंग जुनियरले मार्च २८, १९६३ मा वाशिंगटनमा भएको रयालीमा दिएका थिए । भाषणमा यनले अमेरिकामा नागरिक र आर्थिक अधिकारको आव्हान गर्नुका साथै रंग विभेदको अन्त्यको लागि आव्हान गरे ।
वासिंगटन डिसीमा लिंकन मेमोरियलको सिंढीमा चढेर उनले साढे २ लाखभन्दा धेरै नागरिक अधिकारका समर्थकहरुलाई सम्बोधन गरेका थिए ।
सन् १८६३ मा लाखौं दासहरूलाई मुक्त घोषित गर्ने मुक्ति घोषणाको सन्दर्भको साथ शुरू गर्दै उनले एक सय वर्ष पछि पनि अश्वेतहरु अझै पनि स्वतन्त्र नभएको बताएका थिए । उनले दासत्व र घृणाको भूमिबाट उत्पन्न भएको स्वतन्त्रता र समानताको सपना नै आफ्नो सपना भएको बताएका थिए ।
यही भाषणका साथ मार्टिन लुथर किंग जुनियर आधुनिक अमेरिकालाई आकार दिने पुरुषहरू जेफरसन र लिंकनको श्रेणीमा आफूलाई सामेल गर्न सफल भए । यो भाषण २० औं शताब्दीको शीर्ष अमेरिकी भाषणको श्रेणीमा रहेको छ ।