अमेरिकाले ऋण लिन पाउने सिमा समाप्त, अब के हुन्छ ?
प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार
अमेरिकी सरकारले कति पैसा उधारो लिन सक्छ भन्ने कानुनी सीमामा छोएको छ । योसँगै देशले छिट्टै आफ्नो उधारो तिर्न सक्षम नहुने डरलाई बढावा दिएको छ ।
३१ ट्रिलियन डलरभन्दा बढीको ऋण सीमाको लागी लडाई प्राविधिक जस्तो सुनिएपनि सबैलाई असर गर्न सक्छ। यदि अमेरिका समयमै आफ्नो ऋण तिर्न असफल भएमा यसले वित्तीय बजारलाई चकनाचूर पार्न सक्छ। तपाईंको ४०१ के र अन्य लगानीहरूलाई समेत नकारात्मक असर पार्नसक्छ ।
पैसाको प्रवाह सुक्दै जाँदा व्यवसायहरू बन्द गर्न वा आकार घटाउन बाध्य हुने अवस्था आउनसक्छ । यदि अमेरिकाले ऋण सीमा उल्लङ्घन गरेमा के हुन्छ भन्ने कुरा कतिपयलाई साँच्चै थाहा नभएको एक पूर्व ट्रेजरी अधिकारी क्रिस्टोफर क्याम्पबेलले बताएका छन् ।
यो एक डरलाग्दो परिदृश्य हो जुन अमेरिकाले सन् १९९० को दशकदेखि बारम्बार खेलाची गर्दै आएको छ ।
के अब समय घर्किसकेको हो ?
होइन । खुसीको खबर यो छ कि अमेरिकी सरकारसँग अझै पनि काम गर्ने समय छ। विश्लेषकहरूले अनुमान गरेका छन् कि ट्रेजरी विभागले समरसम्म डिफल्टबाट बच्न केही असाधारण उपायहरू प्रयोग गर्न सक्छ । ऋण सीमा बढाउने बिल पारित गर्न संसदलाई केही महिना दिएर त्यस्तो उपाय अपनाउनसक्छ ।
के यो सजिलो छ ?
पक्कै छैन । किनभने खराब समाचार यो छ कि डेमोक्र्याट र रिपब्लिकन विभाजित छन्। हाउस रिपब्लिकनहरू भन्छन् कि डिफल्टको खतराबीच सरकारी खर्च कटौती गर्ने शर्तमा तिनीहरू ऋण सीमा वृद्धि गर्न चाहन्छन् । शीर्ष डेमोक्र्याटहरूले रिपब्लिकन अडानलाई बन्धक बनाउने अवस्थासँग तुलना गरेका छन्। वार्ता गर्ने कि नगर्ने भन्नेमा पनि पक्ष सहमत हुन सकेका छैनन् ।
आफै तोकिएको सिमा
ऋण सीमाको सन्दर्भमा धेरै भ्रम छन् । किनभने यो निकै अजीब छ। यो अपेक्षाकृत जटिल पनि छ।
संसदले नियमित रूपमा सरकारी खर्च बिलहरू पारित गर्दछ। यस्ता बिलले सामान्यतया ल्याइएको भन्दा बढी पैसा खर्च गर्ने भएकोले यसले ऋण थप्छ।
धेरै देशहरूमा खर्च प्रक्रियाको अन्त्य हुन्छ र सरकारले मात्र थप ऋण लिनेछ। संसदले खर्च बिलहरु पारित गर्दा नै ऋणमा थप्न इच्छुक रहेको देखाउदै आएको छ । यदि कांग्रेसले खर्च घटाउन चाहेमा त्यस्ता चिन्ताहरूलाई सम्बोधन गर्न सबैभन्दा तार्किक बाटो जस्तो देखिन्छ।
तर अमेरिकासँग प्रक्रियामा थप कदम पनि छ जुन हो संसदले तोकेको ऋण सीमा। यसले अमेरिकाले कति पैसा उधारो लिन सक्छ भन्ने कुरा निर्धारण गर्छ, जुन अनिवार्य रूपमा कतिसम्म खर्च गर्ने भन्ने सीमा हो। ऋण सिमा संसदबाट तय गरिएको सिमा हो । यदि अमेरिकाले ऋण सीमा उल्लङ्घन गर्छ भने यसले अब उप्रान्त पैसा उधारो लिन सक्दैन र भएका ऋणहरू डिफल्ट हुन्छ । डेनमार्क उस्तै ऋण सीमा भएको एकमात्र अर्को देश हो, यद्यपि यसले ऋण सिमा नजिक पुग्नु अगाडि नै राम्रोसँग बढाउँछ।
विगतमा ऋण सीमाको वृद्धि धेरै हदसम्म विवादरहित थियो। तर विगत तीन दशकमा त्यो परिवर्तन भएको छ। रिपब्लिकनहरूले विशेष गरी, डेमोक्रेटिक प्रशासनहरूमा खर्च कटौती गर्न बाध्य पार्ने प्रयासको रूपमा शर्तका रूपमा सीमा बढाउने बिलहरूको पारित प्रयोग गरेका छन्। डेमोक्र्याटहरूले पनि यसलाई राजनीतिक उपकरणको रूपमा प्रयोग गरेका छन् । सन् २००६ मा तत्कालिन सिनेटर जो बाइडेन ऋण सीमा वृद्धिको विरोधमा उभिदै कर कटौती र इराक युद्धको लागतको विरोध गर्न डेमोक्र्याटिक सहकर्मीहरूसँग सामेल भएका थिए ।
यस संकटमा एक महत्वपूर्ण घटक संसद र सरकारमा एउटै पार्टीको नियन्त्रण नहुनु हो। एउटै पार्टीले संसद र ह्वाइट हाउसमा नियन्त्रण गर्दा ऋणको सीमा बढाउन खासै समस्या हुँदैन । तर जब फरक फरक पार्टीको नियन्त्रण हुन्छ, ऋणको सीमा बढाउन समस्या हुने वर्तमान परिदृश्यलाई सम्भव बनाउँछ । रिपब्लिकन नियन्त्रित प्रतिनिधिसभाले सिनेट र व्हाइट हाउसलाई नियन्त्रण गर्ने डेमोक्र्याटहरूले पास गर्न चाहेको ऋण सीमा वृद्धि रोक्ने धम्की दिन्छ।
किन यसको अर्थ छ ?
विश्वव्यापी वित्तीय प्रणालीमा अमेरिकी ऋणले खेल्ने महत्त्वपूर्ण भूमिकाको कारण यसको ठूलो अर्थ छ ।
जब अमेरिकाले पैसा उधारो लिन्छ, यसले यूएस ट्रेजरीहरू जारी गर्दछ। युद्धको लागि भुक्तान गर्न मद्दत गर्ने बन्डहरू सुन्नुभएको छ भने ट्रेजरीहरु पनि त्यस्तै हुन् ।
अमेरिकाले सधैं आफ्नो ऋण तिर्ने भएकाले वित्तीय प्रणालीले ट्रेजरीहरूलाई धेरै सुरक्षित लगानीको रूपमा व्यवहार गर्दछ। विश्वभरका सरकारहरू, कम्पनीहरू र मानिसहरूले आफ्नो पैसा सुरक्षित छ भनी सुनिश्चित गर्नका लागि अमेरिकी ऋणपत्र र अन्य धितोपत्रहरू खरिद गर्छन्। जोखिमपूर्ण अवसरहरू लिन लगानीकर्ताहरूलाई ब्याकस्टप दिँदै तिनीहरू व्यापक रूपमा खरिद गरिएका छन् । तिनीहरूले धेरै वित्तीय प्रणालीलाई समर्थन गर्छन् ।
तर यदि अमेरिकाले अब आफ्नो ऋण तिर्न नसकेर डिफल्ट भएमा ट्रेजरीहरूलाई यस्तो सुरक्षित लगानी बनाउने विश्वसनीयता र भरोसा हराउँछ। कुनै समय सुरक्षित मानिने पैसा अहिले अनिश्चितका रूपमा हेरिएको छ। त्यो अनुभूतिले ट्रेजरीमा पनि बैंकको जस्तो अवस्था पैदा गर्न सक्छ, किनकि बैंकमा यस्तो अवस्था आउँदा मानिसहरूले आफ्नो पैसा बाहिर निकाल्न हतार गर्छन्। त्यसपछि प्रणालीले ठूला र साना सबैको लगानीलाई कुल्चन्छ ।