न्युयोर्कबाट ७५ बर्षीय मनमाया मगर बेपत्ता, खोजीका लागि सघाउन परिवारको अपिल
प्रकाशित मिति : माघ २३, २०७९ सोमबार
न्युयोर्कको क्वीन्स उडसाइड निवासी ७५ बर्षीय नेपाली मनमाया मगर बेपत्ता भएपछि परिवारले खोजीका लागि सघाउन अपिल गरेको छ । आज सोमबार विहान ७ बजेर ४० मिनेटमा सन्नीसाइडबाट हराइरहेको र बेलुका ५ बजेसम्म पनि फेला नपरेको परिवारले जनाएको छ ।
४७ स्ट्रीटको ४८५६ उडसाइडमा बस्दै आएकी मनमाया विहान नातिनीलाई सन्नीसाइडमा रहेको एलिमेन्टरी स्कुल चिल्ड्रेन्स ल्याबमा पुराउन जानुभएको थियो । नातिनीलाई स्कुलमा छाडेपछि उहाँ घर नफर्किएकाले परिवारले खोजी सुरू गरेको हो ।
४ महिना अगाडि अमेरिका आउनुभएकी उहाँ छोरा बुहारीसँगै बस्दै आउनुभएको थियो । उक्त क्षेत्रमा खोज्दा फेला नपरेपछि विहान साढे ११ बजेतिर प्रहरीलाई खबर गरिएको बुहारी ज्योती थापा मगरले जानकारी दिनुभयो ।
अँग्रेजी बोल्न नजान्ने उहाँसँग मोबाइल समेत नभएको जनाइएको छ । निलो कुर्ता सुरूवाल, रातो ज्याकेट र टाउकोमा सेतो स्कार्फ लगाएकी उहाँलाई कसैले भेटेमा प्रहरीलाई ९११ मा खबर गरिदिन वा छोरा कमल थापा मगरलाई ९२९ ८०१ ०९९२ मा वा बुहारी ज्योति थापा मगरलाई ६४६ ६४३ ८०७५ मा खबर गरिदिन अनुरोध गरिएको छ ।
उहाँको खोजीमा सघाउन न्युयोर्कमा रहेको नेपाली समुदायलाई पनि अनुरोध गरिएको छ ।