अमेरिकी सेनाले खसाल्यो अलास्काको आकाशमा उडिरहेको कारजत्रो बस्तु
प्रकाशित मिति : माघ २७, २०७९ शुक्रबार
अमेरिकी सेनाले अलास्काको आकाशमा उडिरहेको अर्को बस्तु पनि खसालेको छ । गत सप्ताहन्तमा खसालिएएको चिनियाँ जासूस बेलुन भन्दा धेरै सानो रहेको उक्त बस्तु खसालिएको ह्वाइट हाउसले पुष्टी गरेको छ ।
राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले शुक्रबार पत्रकारहरूलाई यसबारेमा जानकारी दिएका हुन् । राष्ट्रपति बाइडेनले पेन्टागनको सिफारिसमा सेनालाई उक्त बस्तु हटाउन आदेश दिएका थिए । उत्त, बस्तु ४० हजार फिटको उचाइमा रहेको थियो भने नागरिक उडानको सुरक्षामा खतरा हुन सक्ने भन्दै खसालिएको हो ।
वस्तुको स्वामित्व कसको थियो वा यसको उद्देश्य के थियो भन्ने थाहा नभएको किर्बीले बताएका छन् । चिनियाँ बेलुनले गरेजस्तै घुम्न सक्ने क्षमता भने यो बस्तुमा थिएन ।
सेनाले उक्त वस्तुलाई अलास्काको उत्तरपूर्वी भाग नजिकै क्यानाडाको सीमा नजिकै जमेको पानीमा न्युयोर्क समय दिउसो साढे १ बजे पछि लगभग एक घण्टा भित्र खसालेको थियो । वस्तु एउटा सानो कारको आकारको रहेको र जासुसी बेलुन भन्दा धेरै सानो रहेको जनाइएको छ । जासुसी बेलुन झण्डै ३ वटा बसजत्तिको ठूलो थियो ।
अमेरिकी सेनाले संदिग्ध चिनियाँ जासुसी बेलुनलाई अमेरिकाको पूर्वी समुद्री किनारमा एट्लान्टिक महासागरमा खसालेको थियो । जासूसी बेलुन गत हप्ताको सुरुमा मोन्टानाको आकाशमा पहिलो पटक देखिएको थियो भने गत शनिबार मौसमको ढाँचा पछ्याउँदै अमेरिकाको मध्य भागमा यात्रा गरेको थियो ।
बेलुन खसाल्नु अघि संघीय उड्डयन प्रशासनले नर्थ क्यारोलिनाको विल्मिंगटन र साउथ क्यारोलिनाको चार्ल्सटन र मर्टल बीच एयरपोर्टहरूको लागि ग्राउन्ड स्टप जारी गरेको थियो।संघीय उड्डयन प्रशासनले मार्टल बीच नजिकैको हवाई क्षेत्रलाई पनि प्रतिबन्धित गरेको थियो ।