न्युयोर्कको घरमा लागेको आगो निभाउने क्रममा करिब २ दर्जन अग्निनियन्त्रक घाइते
प्रकाशित मिति : फाल्गुन ५, २०७९ शुक्रबार
न्युयोर्कको एउटा घरमा लागेको आगो निभाउने क्रममा करिब २ दर्जन अग्निनियन्त्रक घाइते भएका छन् । न्युयोर्क सिटीका कम्तिमा २२ जना अग्निनियन्त्रकहरू घाइते भएका छन् भने तीनजनको अवस्था गम्भीर रहेको छ ।
स्टेटन आइल्याण्डको डुप्लेक्समा शुक्रबार दिउँसो ठूलो आगोसँग लड्दा उनीहरु घाइते भएका हुन् । दिउँसो करिब १ः३० बजे डुप्लेक्सको दुबै तर्फ आगलागी भएको थियो । अग्नीनियन्त्रकहरु चार मिनेट भित्र घटनास्थलमा आइपुगेका थिए ।
तीन अग्निनियन्त्रकहरूलाई गम्भीर चोटपटकको साथ स्टेटन आइल्याण्ड अस्पतालमा लगिएको । तर उनीहरू होसमा रहेका, सतर्क र कुरा गरिरहेको जनाइएको छ ।
घटनास्थलमा ठूलो हावा चलेका कारण हावाले भवनमा आगोलाई तीव्र रूपमा उडाएको र तयही क्रममा फसेका २ जना अग्निनियन्त्रकहरू गम्भीर रूपमा घाइते भएको जनाइएको छ ।
FDNY members are currently operating at a 4-alarm fire at 88 Shotwell Avenue on Staten Island. There are currently three Firefighters with serious injuries and five Firefighters with minor injuries. Operations are ongoing. Updates to follow. pic.twitter.com/QIyzIrgeQD
— FDNY (@FDNY) February 17, 2023
एक अग्निनियन्त्रक दोस्रो तलाको बालकनीबाट ड्राइभवेमा हाम फालेका थिए । जबकि दोस्रोले मद्दतको लागि संकट कल पठाएका थिए । अन्ततः स्क्वाड्रनद्वारा उद्धार गरिएको थियो ।
तेस्रो अग्निनियन्त्रक आगोसँग लड्दै गर्दा अलमलिएका थिए भने माथिबाट खसेको प्लाष्टरले उनलाई टाउकोमा लागेको थियो । अन्य १९ अग्निनियन्त्रकलाई सामान्य चोटपटक लागेको अधिकारीहरूले बताएका छन्। त्यो बाहेक अन्य कुनै पनि नागरिक घाइते भएका छैनन् । नन्। आगलागी हुँदा डुप्लेक्समा कति जना थिए भन्ने खुल्न सकेको छैन ।
आगलागीको कारण अनुसन्धान भइरहेको छ। आगो डुप्लेक्सको पछाडिको ठाउँबाट सुरु भएको मानिएको छ ।