न्युयोर्कको जेएफके विमानस्थलबाट एयरलाइन्सको बस चोरी, म्यानहटन पार गरेपछि ब्रुकलिनमा पक्राउ
प्रकाशित मिति : फाल्गुन १७, २०७९ बुधबार
एक व्यक्तिले बुधवार बिहान न्युयोर्कको जोन अफ केनेडी विमानस्थलको पार्किङ स्थलबाट रोकिरहेको अमेरिकी एयरलाइन्सको बस चोरेको अधिकारीहरूले बताएका छन् । बसमा कोही पनि नभएको र विहान २ बजे भन्दा पहिले क्वीन्स हबको लट १२ बाट चोरि गरिएको थियो।
अधिकारीहरूका अनुसार ४३ वर्षीय बुर्शन क्विल्डनले बसलाई धेरै बरोहरूमा चलाएर लगेको र प्रहरीलाई १५ माइलसम्म पिछा गर्नुपरेको थियो । क्विल्डनले क्वीन्सको भ्यान विक एक्सप्रेसवे र ग्रान्ड सेन्ट्रल पार्कवे, म्यानहट्टनको एफडीआर ड्राइभ हुँदै ब्रुकलिन ब्रिज पार गरेर ब्रुकलिनमा ड्राइभ गरेको थियो ।
अन्ततः क्याडम्यान प्लाजा वेस्टमा पक्राउ गरिएको थियो । क्याडम्यान प्लाजा वेस्टमा पक्राउ गर्दा आफूलाई जेल हालिने छ कि भनेर अधिकारीहरुलाई सोधेको जनाइएको छ ।
घटनामा कुनै चोटपटक भने रिपोर्ट गरिएको छैन। क्विल्डनलाई गाडीको ठूलो चोरी र चोरीको सम्पत्तिको आपराधिक कब्जाको आरोप लगाइएको छ।
प्रहरीका अनुसार उक्त व्यक्ति नौ पटकसम्म गिरफ्तारीमा परेको थियो । तर तर बस चोरीको घटना तीमध्ये कुनै पनि घटनासँग मिल्दोजुल्दो थिएन । उक्त व्यक्ति पछिल्लोपटक सन् २०१५ मा पक्राउ परेको थियो । उसलाई सन् २०१५ मा घरेलु डकैतीको लागि पक्राउ गरिएको थियो ।