बाल पोर्नोग्राफीको ५६ अभियोगमा पक्राउ परेपछि मेरील्याण्डका मेयरबाट राजीनामा
प्रकाशित मिति : फाल्गुन १८, २०७९ बिहीबार
मेरील्याण्डको कलेज पार्कका मेयर प्याट्रिक वोजहान बाल पोर्नोग्राफी सम्बन्धी ५६ अभियोगमा पक्राउ परेपछि पदबाट राजीनामा दिएका छन् ।
प्रिन्स जर्जको काउन्टी पुलिस प्रमुख मलिक अजीजले बिहीबार पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।
वोजहानलाई प्रिन्स जर्जको काउन्टी सुधार विभागमा हिरासतमा राखिएको छ । उनलाई धरौटीमा छाड्ने वा हिराशतमै राख्ने वा पूर्वपरीक्षण रिहा गर्ने भन्नेबारे छिट्टै निर्णय गरिने भएको छ । यदि उनी रिहा भएनन् भने उनलाई न्यायाधीश समक्ष पेश गरिनेछ । त्यो सुनुवाई सम्भवतः भोलि हुने जनाइएको छ ।
वोजहानले बुधबार राति राजीनामा पत्र पठाएका थिए । बिहीबारदेखि राजिनामा लागु हुने सिटीबाट जारी विज्ञप्तिमा उल्लेख छ। उनी सन् २०१५ देखि मेयर र सन् २००७ देखि काउन्सिलमा रहेर काम गरेका थिए । सिटीले मेयर वोजहानलाई उनको धेरै वर्षको समर्पित सेवाको लागि धन्यवाद दिएको छ ।
अर्को मेयरको लागि विशेष चुनाव नभएसम्म मेयर प्रो टेम डेनिस मिचेलले अन्तरिम रुपमा काम गर्नेछन् । वोजाहनका लागि एक वकिलले कानून प्रवर्तनलाई पूर्ण रूपमा सहयोग गरिरहेको बताएका छन् । अभियोगहरूमा टिप्पणी गर्न धेरै चाँडो भए पनि प्रक्रियाको खुलासा हुँदा सहयोग गर्न जारी राख्ने वकिलले बताएका छन् ।
आफ्नो राजीनामा पत्रमा वोजहानले यो अनुसन्धानमा कुनै पनि प्रकारको कुनै पनि आधिकारिक सिटी व्यवसाय समावेश नभएपनि आफू पाखा लाग्नु समुदायको हितमा हुने बताएका थिए ।