अमेरिकामा सिलिकन भ्याली बैंक डुब्दा बैंक अफ अमेरिकालाई मालामाल


प्रकाशित मिति : चैत्र १, २०७९ बुधबार

सिलिकन भ्याली बैंकको पतन पछि स्टार्टअपहरू र अन्य सेवाग्राहीहरूले आफ्नो पैसा सुरक्षित हातमा लिन खोज्दा तिनीहरू वाल स्ट्रीटको दिग्गज बैंक अफ अमेरिकातिर फर्केका छन् ।

निक्षेपकर्ताहरूले संस्थाबाट ४२ बिलियन निकाल्ने प्रयास गरेपछि सिलिकन भ्याली बैंक अन्तत पतन भएको थियो भने फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले सप्ताहन्तमा बैंक कब्जा गरेको थियो । यसैबीच, न्युयोर्क डिपार्टमेन्ट अफ फाइनान्सियल सर्भिसले आइतवार सिग्नेचर बैंकलाई आफ्नो कब्जामा लियो ।

अराजकताबाट अवसर आउँछ भनेजस्तै यो अवस्थामा अवसर बैंक अफ अमेरिकाको पोल्टामा परेको छ, जसले सिलिकन भ्याली बैंक डुब्दा १५ बिलियन डलर भन्दा बढी डिपोजिट ल्याउन सफल भएको छ ।

a bank of america logo on a white dice

राज्यहरूमा दोस्रो सबैभन्दा ठूलो बैंक मानिने बैंक अफ अमेरिकामा ग्राहकहरूले आफ्नो पैसा सार्न सुरक्षित अनुभव गरिरहेका छन् । जुन बैंक असफल हुने सम्भावना निकै कम रहेको छ । २०२२ को पछिल्लो वार्षिक रिपोर्ट अनुशार बैंक अफ अमेरिकाले कर पछि २७ दशमलव ५ बिलियन ल्याएको र ३ दशमलव शुन्य ५ ट्रिलियन डलरको सम्पत्ति रहेको देखाउँछ ।

सिलिकन भ्याली बैंकको पतनपछि नयाँ व्यापारको आगमन देख्ने बैंक अफ अमेरिका एकमात्र विशाल बैंक भने होइन। चेस बैंकले पनि खाता खोल्नको लागि पर्खने समयलाई छोटो पारेर नयाँ ग्राहकहरूको आगमनलाई समर्थन गरिरहेको छ। यसले नयाँ ग्राहकहरूले यस हप्ता कर्मचारीहरूलाई भुक्तानी गर्न सक्ने सुनिश्चित गर्न कोष पहुँच गर्न सक्ने दरलाई पनि गति दिइरहेको छ ।

सिटी बैंकले पनि विभिन्न अफरहरुका साथमा नयाँ ग्राहकहरू हातपार्न सफल भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com