आईआरएसले ४ लाख भन्दा कम आम्दानी हुनेहरुको लेखा परीक्षण नबढाउने
प्रकाशित मिति : चैत्र २४, २०७९ शुक्रबार
आईआरएसले ४ लाख डलर भन्दा कम आम्दानी हुनेहरुको लेखा परीक्षण नढाउने प्रतिबद्धता जनाएको छ । बरु आईआरएसले बाइडेन प्रशासनको योजना अन्तर्गत धनीहरूको लेखा परीक्षण भने दस गुणा वृद्धि गर्ने लक्ष्य राखेको छ ।
आईआरएको थप ८० बिलियन डलरको कोष उच्च आय हुनेहरु र जटिल व्यवसायहरूबाट नतिरेको कर तिराउनका लागि लेखा परीक्षणमा प्रयोग गर्ने आईआरएस र ट्रेजरी विभागका अधिकारीहरूले बिहीबार बताएका छन् । आईआरएले उक्त कोष ८७ हजार नयाँ कर्मचारी भर्नामा लगाउनेछ । उनीहरुले बढी आम्दानी हुनेहरुको लेखा परीक्षण गर्न र मध्यम तथा कम आम्दानी हुनेहरुका लागि ग्राहक सेवा स्रोतहरू बढाउन रकम लगाउने जनाएका छन् ।
आईआरएसले आफ्नो कर प्रकृया डिजिटलाइज गर्ने र मुद्रास्फीति न्यूनीकरण ऐनबाट पैसाको साथ सरकार समर्थित अनलाइन कर फाइलिंग सफ्टवेयर विकास गर्न सुरु गर्ने योजना बनाएको छ । बजेट र कर्मचारी अभावका कारण एक दशकभन्दा बढी समयदेखि लडिरहेको आईआरएसलाई पहिलेको अवस्थामा फर्काउनु जलवायु परिवर्तन र स्वास्थ्य सेवामा हुने खर्चको भुक्तान गर्ने कानुनको प्रमुख प्रावधान थियो।
राष्ट्रपति बाइडेन पुन चुनाव अभियानको लागि तयार रहदा उनले बार्षिक ४ लाख डलर वा कम आम्दानी हुनेहरुको कर वा अडिट दरहरू नबढाउने वाचा गरेका छन् । कर प्रणाली न्यायोचित नभएको र यो उचित नभएको बाइडेनले आफ्नो स्टेट अफ द युनियन सम्बोधनमा बताएका थिए । उनले कुनै पनि अर्बपतिले स्कूल शिक्षक वा फायर फाइटर भन्दा कम कर तिर्नु नहुने उनले बताएका थिए ।
यस हप्ता औपचारिक सपथ ग्रहण गरेका आईआरएस आयुक्त ड्यानियल वेर्फेलले आईआरएसले विश्व स्तरीय ग्राहक सेवा सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् । कम्तिमा ५० हजार आईआरएसका कर्मचारीहरूले आगामी पाँच वर्षमा अवकाश लिने अपेक्षा गरिएको छ।