अमेरिकाका बैंकहरूले कारणबारे धेरै नबताएरै ग्राहकका खाताहरू यसरी बन्द गर्छन्
प्रकाशित मिति : चैत्र २५, २०७९ शनिबार
अमेरिकाका बैंकहरूले कारणबारे धेरै नबताएरै कैयन ग्राहकका खाताहरू बन्द गर्दै गरेको खुलासा भएको छ । अप्रत्याशित गतिविधिको कारण देखाउदै बैंकहरुले ग्राहकहरुका खाता बन्द गरेको जनाइएको छ ।
आफूले डिनर खाएर रेष्टुरेण्टको बिल तिर्न खोज्दा सुरुमा क्रेडिट कार्ड अस्वीकार भएको र पछि डेबिट कार्डबाट तिर्न खोज्दा डेबिट कार्ड पनि अस्वीकार भएको अनुभव एकजना न्युयोर्क निवासी एकजना पाकिस्तानी ग्राहकले बताएका छन् । उनले पछि चेस बैंकमा फोन गर्दा बैकका प्रतिनिधिले उनलाई ग्राहकबाट हटाइएको जानकारी दिएका थिए । त्यसबारे बैंकले पत्र पठाएको हुनुपर्ने तर पत्रमा के थियो भन्ने आफूले बताउन नसक्ने ती प्रतिनिधिले जानकारी दिएका थिए ।
ती ग्राहक सन् २०१३ मा पाकिस्तानबाट अमेरिका आएदेखि नै चेस बैंकको ग्राहक थिए । २८ बर्षीय ती ग्राहकलाई बैंकले कुनै चेतावनी नदिइकनै ग्राहकबाट हटाएको थियो । उनलाई खाता बन्दको लागि कुनै खास कारण दिइएको थिइएन साथै उनले बैंकको आशंकालाई खण्डन पनि गर्न पाएनन् । बैंकको शाखामा जाँदा उनलाई बैंकमा बाँकी रहेको रकमको क्यासियर चेक दिएर फिर्ता पठाइयो ।
पछि फेला पारेको एउटा पत्रमा यो वा अर्को चेस खातामा अप्रत्याशित गतिविधिको कारण सावधानीपूर्वक विचार गरेपछि बैंक खाता बन्द गर्ने निर्णय गरिएको उल्लेख थियो । फोन गर्दा बैंकको विश्वव्यापी सुरक्षा तथा अनुसन्धान टोलीले अन्ततः उक्त निर्णय गरेको प्रतिनिधिले बताए ।
जालसाजी गतिविधि बढ्दै गएको भन्दै केहि बैंकहरूले आफ्ना ग्राहकहरूको लेनदेनमा अझ कडा नजर राखिरहेका छन् । तिनीहरूले आवश्यक महसुस गर्दा तिनीहरूको खाता बन्द गर्दैछन्।
वित्तीय संस्थाहरूसँग देशको नगद प्रवाह हेर्नको लागि अगाडिको सीट हुनेगर्छ । कुनै अनियमित व्यवहार देखेमा वित्तीय संस्थाहरूले नियामकहरू र कानून प्रवर्तनकर्ताहरूलाई शंकास्पद गतिविधि रिपोर्ट मार्फत सचेत गराउन बाध्य हुन्छन् । जुन तिनीहरूले सजिलै व्याख्या गर्न सक्दैनन्।
सबै रिपोर्टहरूका कारण खाता बन्द हुँदैन । साथै सबै बन्द गरिएका खातापनि सरकारलाई रिपोर्ट गरिदैन । तर यदि बैंकहरूले शंकास्पद गतिविधि रिपोर्ट गर्न असफल भए र नियामकहरूले पछि समस्याग्रस्त लेनदेनहरू पत्ता लगाए भने बैंकहरू र तिनीहरूका कर्मचारीहरू सम्भावित रूपमा सबै प्रकारका दण्डहरूको लागि भागिदार हुन्छन् ।
ट्रेजरी डिपार्टमेन्टका अनुशार वित्तीय संस्थाहरूले सन् २०२१ मा १४ लाख शंकास्पद गतिविधिका रिपोर्टहरु सरकारसमक्ष दायर गरेका थिए । जुन २०१४ को तुलनामा ७० प्रतिशत बढी थियो । किनभने सन् २०१४ मा झण्डै ८ लाख ३९ हजार यस्ता रिपोर्टहरु बैंकहरुले सरकार समक्ष दायर गरेका थिए ।
जालसाजी गतिविधिमा समग्र वृद्धि बाहेक, फाइलिङमा वृद्धि हुनुको पछाडि धेरै कारकहरू हुन सक्छन् । सरकारी अधिकारीहरूबाट बैंकहरूलाई विशेष गतिविधिहरूमा टिप गर्ने थप सतर्कताहरू, तिनीहरूलाई पत्ता लगाउन बढ्दो परिष्कृत प्रविधिहरू र थप नियामक छानबिन समेत यसका कारण हुनसक्ने जनाइएको छ ।
यद्यपि अधिकांश समय ग्राहकहरू निर्दोष हुने गरेको पाइएको छ । बैंक नीति संस्थानको २०१८ को अध्ययन अनुशार ठूला बैंकहरूको नमूनाबाट संदिग्ध गतिविधि रिपोर्टहरू मध्ये केवल ४ प्रतिशतमा कानून प्रवर्तनबाट अनुगमन गरिएको थियो ।
ती पाकिस्तानी ग्राहकलाई उनको ट्युसन र बस्ने खर्चको लागि परिवारले उनलाई नियमित रूपमा पाकिस्तानबाट पैसा पठाउँथ्यो । उक्त रकम वायर ट्रान्सफर वेस्टर्न युनियन र न्यूयोर्कमा रहेका पारिवारिक साथी मार्फत पठाउने गरिएको थियो । आफू न्युयोर्क आएको दिनदेखि यो चलिरहेको र यस अगाडि चेस बैंकले कहिले चेतावनी नपठाएको उनले बताए ।
न्यूयोर्क टाइम्सले चेसलाई ती व्यक्तिको तर्फबाट फोन गरेपछि ती व्यक्तिले बैंकबाट अर्को कल प्राप्त गरेको जनाइएको छ, जसले अनुसन्धान खोलेको थियो। एक प्रतिनिधिले पछि उनलाई कुनै गल्ती पुष्टि गर्न नसकेको बताएका थिए ।
जब खाता बन्द गर्न आवश्यक छ, ग्राहकहरूलाई अर्को संस्थामा जान पर्याप्त समय दिन प्रयास गर्ने चेस बैंकले जनाएको छ । खाता बन्द गर्नु अन्य विकल्पहरू विचार गरिसकेपछि प्रायः अन्तिम विकल्प रहेको चेसका प्रवक्ताको भनाई छ ।
यस्तो घटना अन्य बैंकमा पनि भएको छ । एक ग्राहकले जनवरीको मध्यमा आफ्नो ४०१ के बाट ऋण लिएपछि सिन्क्रोनी बैंकको नयाँ उच्च ब्याजदरको बचत खातामा पैसा ट्रान्सफर गर्ने प्रयास गरे । पैसा जम्मा भएपछि उनले सिन्क्रोनीलाई फोन गरेर १० हजार डलरभन्दा धेरै रकम टीडी बैंकमा आफ्नो खातामा स्थानान्तरण गर्न चाहेको बताए । बैंकले अनुमति दिएपछि ट्रान्सफर गर्न खोज्दा खाता फ्रिज भयो ।
बैंकले उनको ट्रान्सफर सस्पेण्ड भएको र उनको खाता फ्रिज गरिएको सूचना पठायो । उनले तुरुन्तै सिन्क्रोनीलाई फोन गर्दा बैंकले थप विवरणहरू प्रदान गरेन । पुनरावलोकनका लागि ६० दिन लाग्ने बैंकले बतायो । टीडी बैंकले पनि आफ्नो बैंकमा रहेको ग्राहकको खातामा रकम पठाउदै गरेको कुनै संकेत नरहेको बतायो ।
पछि सिन्क्रोनीबाट आएको फोन गरेमा राज्य बाहिरबाट लगइन प्रयासहरू भएको थाहा पाएपछि खाता फ्रिज गरिएको जानकारी दिइयो । तर राज्यबाहिरबाट लगइन गर्ने पनि उनै ग्राहक नै थिए । उनी व्यापार यात्रामा रहेका थिए। खातामा रकम आए लगत्तै ट्रान्सफर गर्न खोजेका कारण सुरुमा खातामा अलर्ट आएको बैंकले जानकारी दियो । पछि बैंकले खाता सकृय बनाइदियो ।