२ बिलियन पावरबल लोटरी ज्याकपट जितेका क्यास्ट्रोले किन जम्मा ६२८ मिलियन पाए ?


प्रकाशित मिति : चैत्र २८, २०७९ मंगलबार

एक पावरबल ज्याकपट विजेताले कर र जरिवानाको कारणले आफ्नो २ बिलियन डलरको पुरस्कार मध्ये ६२८ मिलियन मात्र घर लिएर गएका छन् । एडविन क्यास्ट्रोले २ बिलियनको ऐतिहासिक पावरबल जिते पनि उनले पाएको वास्तविक रकम भने निकै कम थियो । यद्यपी उनले मात्र सामना गर्नु परेको समस्या भने होइन ।

नोभेम्बर २०२२ को ड्रबाट २ दशमलव ०४ बिलियन डलरको ज्याकपट जितेपछि क्यास्ट्रोलाई अहिलेसम्मकै सबैभन्दा ठूलो पावरबल विजेता घोषित गरिएको थियो । उनी क्यालिफोर्नियामा विजयी टिकट किनेको महिनौंपछि फेब्रुअरीमा मात्र सार्वजनिक भएका थिए ।

२ बिलियन डलरको पुरस्कार नगदमा एकमुष्ठ लिंदा कुल ९९७ मिलियनमात्र भएको थियो । त्यसपछि २४ प्रतिशत आयकर आईआरएसमा गएपछि यो रकम ७५८ मिलियनमा झरेको थियो । ट्याक्स ब्राकेटका कारणले उनले ट्याक्स फाइल गर्दा थप १३ प्रतिशत तिनुपर्छ । जसले कुल रकम ६२८ मिलियनमा झार्छ ।

अन्य राज्यमा भएको भए तयसबाट राज्यको करहरू अझै पनि कटौती हुन्थ्यो । तर क्यालिफोर्नियामा पावरबल जित्नेहरू कर मुक्त छन् । जसका कारण राज्यलाई अतिरिक्त कर रकम भने तिर्नुपरेन ।

क्यास्ट्रोलाई आफ्नो लोटरी टिकट चोरी भएको दाबी गर्ने एक व्यक्तिले मुद्दा हालेका छन् । क्यास्ट्रोले लस एन्जलसबाट करिब १५ माईल उत्तरमा अल्टाडेनाको जोको सर्भिस सेन्टरमा भाग्यशाली टिकट किनेका थिए। तर जोस रिवेराले नोभेम्बर ७ मा उही स्टोरबाट टिकट किनेको दावी गर्दै मुद्दा हालेका छन् ।

रेगी भनेर चिनिने व्यक्तिले आफ्नो टिकट चोरेको रिवेराको आरोप छ । पुलिस र क्यालिफोर्निया लटरीमा कथित चोरीको रिपोर्ट गरेको उनको भनाई छ । क्यालिफोर्निया लोटरीले भने क्यास्ट्रो सही विजेता भएको विश्वास गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com