न्युयोर्कमा ४८ नेपाली संस्थाको आयोजनामा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान
प्रकाशित मिति : बैशाख १, २०८० शुक्रबार
न्युयोर्कमा ४८ वटा नेपाली संघ संस्थाको आयोजनामा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।
उडसाइडको सत्यनारायण मन्दिरमा आयोजना गरिएको कार्यक्रममा न्युयोर्क राज्यका सांसद स्टेभन रागा, महावाणिज्यदूतावास न्युयोर्कका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम लगायतले नयाँ बर्षको शुभकामना दिए ।
९१ बर्षका नेपाली आङ अंगिना लामाको सभापतित्वमा गरिएको कार्यक्रममा नेपाली सांस्कृतिक प्रस्तुतीहरु समेत राखिएको थियो ।
नेपाली र अमेरिकन राष्ट्रियगानबाट सुरु गरिएको कार्यक्रममा नेपाली मुलका बालबालिकाहरुको सांस्कृतिक प्रस्तुती रहेको थियो ।
कार्यक्रमको संचालन दिन दयाल भण्डारीले गरेका थिए । कार्यक्रम श्याम कार्की लगायतको सकृयतामा सम्पन्न भएको हो ।