एप्पलबाट बचत खाता योजना सुरु, ४ दशमलव १५ प्रतिशत ब्याज दिने


प्रकाशित मिति : बैशाख ४, २०८० सोमबार

एप्पलले सोमबार आफ्नो एप्पल कार्ड बचत खाता योजना सुरु गरेको छ । जसमा रकम डिपोजिट गर्नेहरुलाई ४ दशमलव १५ प्रतिशत वार्षिक ब्याज दिइने भएको छ । यसको लागि कुनै न्यूनतम डिपोजिट वा ब्यालेन्स आवश्यक नपर्ने र प्रयोगकर्ताहरूले आफ्नो आईफोनहरूमा वालेट एपबाट खाता सेटअप गर्न सक्ने एप्पलले जनाएको छ ।

एप्पल कार्ड मार्फत कमाइएका सबै दैनिक नगद रिवार्डहरु बचत खातामा स्वतः जम्मा हुने कम्पनीले एक प्रेस विज्ञप्तिमा जनाएको छ। डेली क्यास एउटा एप्पल कार्ड रिवार्ड कार्यक्रम हो जसले खरिदहरूलाई ३ प्रतिशत रिटर्न गर्दछ। प्रयोगकर्ताहरूले कुनै पनि समयमा आफ्नो दैनिक नगद जम्मा हुने ठाउँ परिवर्तन गर्न सक्छन् । साथै आफ्नो बैंक खाताबाट रकम थप्न पनि सक्छन्।

एप्पलले गोल्डम्यान स्याक्स मार्फत बचत खाता योजना सुरु गरेको हो । संघीय निक्षेप बीमा निगमका अनुसार बचत खाताहरूमा राष्ट्रिय औसत ब्याजदर ० दशमलव ३५ प्रतिशतमात्र रहेको छ । त्यसैले एप्पलले दिने ४ दशमलव १५ प्रतिशत ब्याजदर तुलनात्मक रुपमा उच्च हो । यद्यपी ठूला क्रेडिट युनियनहरू, अनलाइन बैंकहरू र ब्रिक एन्ड मोर्टार बैंकहरूद्वारा प्रस्तावित प्रतिस्पर्धात्मक बचत खाताहरूले पनि ग्राहकहरूलाई महत्त्वपूर्ण ब्याजदर दिने गर्छन् ।

people walking on white floor tiles

सीआटी बैंकले ५ हजार डलरसम्म न्यूनतम रकम डिपोजिट गर्ने ग्राहकहरुलाई ४ दशमलव ७५ प्रतिशतसम्म ब्याज दिन्छ । गोल्डम्यान स्याककै मार्कसले न्यूनतम ब्यालेन्स वा मासिक शुल्क बिना ३ दशमलव ९ प्रतिशत ब्याज दिन्छ । क्यापिटल वानको बचत खातामा रकम राख्दा न्यूनतम ब्यालेन्स विना ३ दशमलव ५ प्रतिशत ब्याज पाउन सकिन्छ । भियो बैंकले पनि न्यूनतम ब्यालेन्स विना नै ४ दशमलव ७७ प्रतिशत ब्याज दिन्छ ।

एप्पल कार्ड बचत प्रयोगकर्ताहरूले ड्यासबोर्ड मार्फत आफ्नो खाताहरू व्यवस्थापन गर्न सक्छन् जुन वालेट एपमा देखा पर्नेछ । त्यहाँ तिनीहरूले आफ्नो ब्याज र आफ्नो खाता ब्यालेन्स ट्र्याक गर्न सक्छन् वा रकम निकाल्न सक्छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com