रिसाएका चिनियाँ जोडीले पानी र ग्यास खुला छाडेपछि एयरबीएनबी संचालकलाई ६४० डलरको बिल


प्रकाशित मिति : बैशाख ५, २०८० मंगलबार

macro photography of a stainless steel faucet

दुई जना पाहुनाले आफ्नो बुकिङको क्रममा लामो समयसम्म ग्यास र पानी खुला छाडेपछि दक्षिण कोरियाका एयरबीएनबी संचालकले ६४० डलरको बिल तिर्नुपरेको छ ।

एक चिनियाँ दम्पतीलाई मार्चमा राजधानी सहर सियोलमा २५ दिनको लागि भाडामा दिएको कोठामा उनीहरुले पानी र ग्यार खुला छाडेपछि आफूले ८ लाख ४० हजार दक्षिण कोरियाली वोन तिर्नु परेको अन्तिम नाम लीद्वारा मात्र पहिचान गरिएका संचालकले बताए ।

ती दम्पत्तिले सुरुमा उक्त बुकिङ रद्द गर्न खोजेपनि संचालकले रद्द गर्न नदिएपछि उनीहरु रिसाएका थिए । ती दम्पत्तिले आफूहरुलाई कोरोना संक्रमण भएको भन्दै बुकिङ रद्द गराउन खोजेका थिए । तर लीले कोरोना संक्रमणको प्रमाण मागेपछि उनीहरुले बुकिङ रद्द गराउन सकेनन् । त्यसपछि दम्पतीले त्यहाँ निगरानी क्यामेराहरू भए नभएको सोधेका थिए । नभएको पुष्टी भएपछि उनीहरुले पानी र ग्यास खुला छाडेका थिए ।

house interior photo
सांकेतिक तस्वीर ।

घरको प्रवेशद्वारमा क्यामेरा थियो, जसले पाहुनाहरूको प्रवेश र बाहिर निस्कने भिडियोहरु राखेको थियो। पाहुनाहरू चेक इन गरेपछि पाँच दिनसम्म त्यहाँ बसेका थिए, त्यसपछि तिनीहरूले प्रत्येक तीन वा चार दिनमा आउने जाने गरेका थिए ।

ती दम्पतीले कोठा कति शुल्कमा बुकिङ गरेका थिए भन्नेबारे भने केही खुलाइएको छैन । एक ग्यास मिटर निरीक्षकले उनलाई चुहावटको अनुभव गरिरहेको हुनसक्ने जानकारी दिएपछि लीले उच्च ग्यास प्रयोग भएको पत्ता लगाएका थिए ।

ती दम्पत्तिले झ्यालहरू खुला राखेर ग्यास खोलेर छाडेका थिए । ग्यासको प्रयोगको परिणामस्वरूप संचालकले उच्च रकम ६ लाख ४० हजार दक्षिण कोरियाली वोन तिर्नुपरेको थियो भने पानीको १ लाख ७० हजार दक्षिण कोरियाली वोन तिर्नुपरेको थियो । लगभग १२० मेट्रिक टन पानी प्रयोग भएको थियो । सियोलको पानी प्राधिकरणका अनुशार १२० मेट्रिक टन पानी प्रयोग गर्न आठ वयस्कहरू दुई महिना लाग्छ ।

लीले पानी र ग्यास बिलहरू कभर गर्न मद्दत गर्न एयरबीएनबी कम्पनीलाई अनुरोध गरेपनि उक्त अनुरोध अस्वीकार भएको छ । एयर कभर सुरक्षा कार्यक्रमले घरमा भएको क्षति र पाहुनाको सामानको क्षतिलाई कभर गर्दछ, तर उच्च युटिलिटी बिलहरू कभर गर्दैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com