२००७ -२०२२ सम्मका फेसबुक प्रयोगकर्तालाई फेसबुकले ७५० मिलियन डलर दिने, यसरी भर्नुहोस् फर्म


प्रकाशित मिति : बैशाख ५, २०८० मंगलबार

person holding cellphone near glass walls

२००७ देखि २०२२ सम्मका फेसबुक प्रयोगकर्तालाई फेसबुकले ७५० मिलियन डलर दिने भएको छ । उक्त अवधिमा कुनै समय अमेरिकामा भएका फेसबुक प्रयोगकर्ताहरुले ७५० मिलियन डलरमध्येको आफूले पाउने हिस्सा दावी गर्न सक्नेछन् । रकम दावी गर्नका लागि २००७ र २०२२ को बीचमा कुनै पनि समयमा फेसबुक एकाउन्ट खोलेको र चलाएको हुनुपर्छ ।

फेसबुकले सन् २००७ को मे २४ देखि र २०२२ को डिसेम्बर २२ को बीचमा सोसल मिडिया साइट प्रयोग गर्ने व्यक्तिहरूलाई गोपनीयता उल्लङ्घनको कारणले केही पैसा तिर्नुपर्ने भएको हो । फेसबुक र पछि यसको मूल कम्पनीले तेस्रो पक्षहरूसँग प्रयोगकर्ताको डाटा साझेदारी गरेको आरोप लगाउने क्लास एक्शन मुद्दामा वर्षौंको लडाइँ पछि मेटाले डिसेम्बरमा ७५० मिलियनमा मुद्दा सुल्झाउन सहमत भएको थियो ।

एक न्यायाधीशले अब अस्थायी रूपमा त्यो सम्झौतालाई अनुमोदन गरेका छन् । प्रयोगकर्ताहरूले कुनै पनि रकम सङ्कलन गर्नको लागि योग्य दावी पेस गर्नुपर्छ । आगामी अगस्त २५ भित्र अनलाइनमाफर्त रकम दावी गर्न सकिनेछ ।

अनलाइनमार्फत रकम दावी गर्नका लागि यहाँ क्लीक गर्नुहोला ।

प्रयोगकर्ताले आफ्नो नाम, ठेगाना, इमेल, युजर आईडी र रकम प्राप्त गर्ने माध्यम अनलाइनमा भर्नुपर्छ । युजर आईडीको साटो आफूले फेसबुक लगइन गर्ने इमेल वा फोन नम्बर पनि प्रयोग गर्न सकिन्छ । मास्टर कार्ड, पेपल, भेन्मो र जेल लगायतमा माध्मबाट रकम प्राप्त गर्न सकिनेछ । सन् २००७ देखि २०२२ भित्रको अवधिमा कुनै समय अमेरिकामा बसेका र यो अवधिको कुनै समयमा फेसबुक चलाएकाहरुले रकम दावी गर्न सक्छन् ।

अहिले फेसबुक बन्द गरिसकेकाहरुले समेत उक्त अवधिमा फेसबुक चलाएको भएमा यो रकम दावी गर्न सक्नेछन् । तर अहिले एकाउन्ट बन्द गरिसकेकाहरुले कहिलेदेखि कहिलेसम्म फेसबुक चलाएका थिए भन्ने मिति पनि दिनुपर्छ । अहिले पनि एकाउन्ट हुनेहरुले भने यो मिति दिनु पर्दैन ।

प्रत्येक फेसबुक प्रयोगकर्ताले एउटा मात्र दाबी फाइल गर्न सक्छन् । यो रकम अन्तिम स्वीकृति सुनुवाइ सेप्टेम्बर ७ मा हुने तय भएको छ । उक्त मितिमा सेटलमेन्टलाई अनुमोदन भइसकेपछिमात्र रकम प्राप्त गर्न सकिनेछ ।

यदि तपाइँ यो सेटलमेन्टबाट आउने रकम लिन चाहनुहुन्न वा भविश्यमा यो विषयमा आफै फेसबुकसँग छुट्टै मुद्दा लड्न चाहनुहुन्छ भने तपाईले जुलाई २६ भित्र अप्ट आउट दावी पेश गर्नुपर्छ । जसले तपाइँलाई कानुनी रूपमा तपाइँको प्रतिरक्षा जारी राख्न वा भविष्यमा त्यसो गर्ने अवसर दिन्छ । यदि तपाइँको सम्झौतामा आपत्ति छ भने तपाइँ जुलाई २६ मा सुनुवाईमा उपस्थित हुन वा सोही म्याद भित्र लिखित रूपमा आफ्नो राय व्यक्त गर्न सक्नुहुन्छ।

यदि तपाई यो रकम पनि लिन चाहनुहुन्न र यो विषयमा भविश्यमा छुट्टै मुद्दा पनि लड्न चाहनुहुन्न भने तपाईले कुनै कदम चाल्नु पर्दैन । कुनै कदम नचालेको खण्डमा पनि तपाईले भविश्यमा यही सन्दर्भमा फेसबुकविरुद्ध मुद्दा लड्न भने पाउनु हुनेछैन ।
एउटा व्यक्तिले क्षतिपूर्ति कति रकम पाउनेछन् भन्ने बारे कुनै विशेष विवरणहरू छैन । कानुनी शुल्क घटाएर ७५० मिलियन डलरबाट बाँकी रहेको रकम दावी गर्ने सबैलाई बराबर बाँडिनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com