स्ट्यान्डर्ड चार्टर्ड भन्छ – ‘बिटक्वाइन सन् २०२४ को अन्त्यसम्ममा १ लाख डलर पुग्नसक्छ’
प्रकाशित मिति : बैशाख १३, २०८० बुधबार
शीर्ष क्रिप्टोकरेन्सी बिटक्वाइन २०२४ को अन्त्यसम्ममा १ लाख डलर पुग्नसक्ने स्ट्यान्डर्ड चार्टर्ड बताएको छ । क्रिप्टो विन्टर समाप्त भएको उल्लेख गर्दै स्ट्यान्डर्ड चार्टर्डले बिटक्वाइन बढ्ने अनुमान गरेको हो ।
बिटक्वाइनले बैंकिङ क्षेत्रमा हालैको उथलपुथलबाट लाभ उठाउनसक्ने जनाईको छ । बिटक्वाइनले यस वर्ष हालसम्म राम्रो प्रगति गरेको छ, दस महिनामा पहिलो पटक अप्रिलमा ३० हजार डलरभन्दा माथि पुगेको थियो । क्रिप्टो क्षेत्रबाट सन् २०२२ मा ट्रिलियन डलर क्षति भएको थियो ।
बिटक्वाइनका लागि उच्च मूल्याङ्कनको भविष्यवाणीहरू सामान्य हुन् । एक सिटी विश्लेषकले नोभेम्बर २०२० मा बिटक्वाइन २०२२ को अन्त्य सम्म ३ लाख १८ हजारसम्म पुग्न सक्ने बताएका थिए । तर यो गत वर्षको अन्त्यमा लगभग १६ हजार ५ सयमा झरेको थियो ।