न्युयोर्कमा ३१ वर्षीय सफ्टवेयर इन्जिनियरको गुगलको कार्यालयको १४ औं तलाबाट हामफालेर मृत्यु


प्रकाशित मिति : बैशाख २२, २०८० शुक्रबार

न्युयोर्कमा ३१ वर्षीय गुगलका सफ्टवेयर इन्जिनियरले बिहीबार साँझ गुगलको न्युयोर्कमा रहेको मुख्यालयबाट हामफालेका छन् । छतबाट हामफालेका उनको मृत्यु भएको जनाइएको छ ।

उनले राती साढे ११ बजे १११ आठौं एभिन्युमा रहेको भवनको १४ औं तलाबाट हामफालेका थिए । प्रहरीले उनलाई भुईमा अचेत अवस्थामा फेला पारेको थियो । उनलाई बेल्लेभ्यु अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो।

घटनास्थलमा रहेका अधिकारीहरूले १४ औं तलाको खुला टेरेसको छेउमा हातको छाप फेला पारेका थिए । अनुसन्धानकर्ताहरुले कुनै नोट वा भिडियो फेला पारेका छैनन् ।

ती व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन । हालैका महिनाहरूमा कम्पनीका कर्मचारीबाट न्युयोर्कमा आफ्नो ज्यान लिएको यो दोश्रो घटना हो । फेब्रुअरीमा ३३ वर्षीय गुगल कर्मचारी ज्याकब प्राटले म्यानहट्टनको कार्यालय नजिकै आफ्नो ज्यान लिएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com