मानवअधिकार उल्लंघनमा न्युनीकरण र दण्डहीनताको अन्त्यबारे क्यानडाका नेपालीबीच छलफल


प्रकाशित मिति : भाद्र २१, २०७३ मंगलबार

-मित्र काफ्ले

कन्सर्न नेपाल क्यानाडाको आयोजनामा ब्राम्टनमा मानवअधिकार उल्लंघनका घटनामा न्युनीकरण र दण्डहीनताको अन्त्यबारे छलफल गरिएको छ । नेपालबाट आउनु भएकी महिला अधिकारकर्मी डा. रेणु राजभण्डारीको उपस्थीतिमा आयोजित छलफलमा क्यानडाका नेपाली व्यक्तित्वहरुको उपस्थीति रहेको थियो ।

कार्यक्रममा एनआरएन क्यानडाका प्रमुख लगायत पूर्व प्रमुख, बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थीति रहेको थियो । कार्यक्रमको संचालन गोविन्द सिवाकोटीले गर्नुभएको थियो ।

कार्यक्रममा डा. रेणु राजभण्डारीले नेपालमा दण्डहीनताको अन्त्य नै अहिलेको मुख्य चुनौती रहेको बताउँदै दण्डहीनताका लागि सबैतिरबाट आवाज उठाउन र दवाव दिन आवश्यक रहेको बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com