८ बर्षकी नातिनीलाई टेक्सासको विमानस्थलमा एक्लै छाडेर विमान चढ्ने हजुरआमा पक्राउ


प्रकाशित मिति : असार ८, २०८० शुक्रबार

८ बर्षकी नातिनीलाई टेक्सासको विमानस्थलमा एक्लै छाडेर विमान चढ्ने हजुरआमा पक्राउ परेकी छिन् । युसेडा माल्डोनाडोले टेक्सासको जर्ज बुश इन्टरकन्टिनेन्टल एयरपोर्टको टर्मिनल ए मा ८ वर्षीय नातिनीलाई एक्लै छोडेकी थिइन्। नातिनीलाई विमानस्थलमा एक्लै छाड्ने हजुरआमालाई पक्राउ गरेर २ सय डलर धरौटीमा छाडिएको छ भने उनले मुद्दाको सामना गर्दैछिन् ।

५१ वर्षीय युसेडा माल्डोनाडोले नातिनीलाई एक्लै अलपत्र छाडेर विमानमा चढेकी थिइन् । छोडेको आरोप लगाइएको छ। उनीविरुद्ध फर्कने मनसायविना बच्चालाई छोडेको आरोप लगाइएको छ।

तीनजना एयरलाइन्सका कर्मचारीहरूले टर्मिनल ए मा एक बच्चा आफ्नो आमाबाबुको लागि रोइरहेको देखेका थिए । त्यसपछि देशको सबैभन्दा ठूलो र व्यस्त एयरपोर्टमा बच्चालाई एक्लै छोडेर विमान चढ्ने हजुरआमालाई विमानबाट बाहिर निकालिएको थियो, जो होण्डुरस जानका लागि विमान चढेकी थिइन् ।

विमानस्थलका अधिकारीहरूले बालकका अभिभावक आफूसँगै रहेको तर बालकको राहदानी बिर्सेकाले उनीहरू राहदानी लिनका लागि बालिकालाई हजुरआमाको हेरचाहमा छोडेको बताएका छन् । बच्चाहरू एयरपोर्ट टर्मिनलमा एक्लै हुन नहुने अधिकारीहरुले बताएका छन् ।

एयरपोर्ट सेक्युरिटी, ह्युस्टन पुलिस र अन्य एजेन्सीहरूले बच्चालाई उनको आमाबाबुसँग पुनर्मिलन गराउन सक्षम भएका छन् । बच्चासँग उनको बुबाको फोन नम्बर छोडिएको थियो। जसका आधारमा बुबाआमा फेला पारिएको थियो ।

यदि एयरपोर्टमा बच्चा एक्लै देख्नुभयो भने जतिसक्दो चाँडो एयरपोर्ट स्टाफलाई सूचित गर्न एयरपोर्टका अधिकारीहरूले सुझाव दिएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com