अमेरिकामा यसरी मनाइयो फायरवर्क्सका साथ ४ जुलाई (फोटो फिचर समेत)
प्रकाशित मिति : असार २०, २०८० बुधबार
अमेरिकामा फोर्थ जुलाई अर्थात् अमेरिकाको २४७ औं स्वतन्त्रता दिवस फायरवर्क्स लगायत विभिन्न कार्यक्रमका साथ मनाइएको छ । न्युयोर्कको चर्चित फायरवर्क्स मेसीको वार्षिक फायरवर्क्स शो इस्ट २६ स्ट्रीट देखि इस्ट ४० स्ट्रीट सम्म इस्ट रिभरका पाँच बार्जहरूबाट ६० हजार गोलाहरू आकाशमा पड्काइएको थियो । राती ९ बजेर २५ मिनेटमा सुरु भएको २५ मिनेटको कार्यक्रमले मेसीको फायरवर्क्स शोको क्रममा अहिलेसम्म सुरु गरिएको एनिमेटेड शेलहरूको गतिशील संग्रह देखाइयो ।
यसपटक चम्किलो डिस्प्लेमा माइल चौडा लहराउने झण्डा, सूर्यमुखी घण्टी, रातो स्टप साइन एक रङबाट अर्को रङमा बदलिने भूत पाइरो देखाइयो । कार्यक्रमलाई रे च्युद्वारा क्युरेट गरिएको म्युजिकल स्कोरमा सिङ्क्रोनाइज गरिएको थियो जसमा द स्टार ब्याङ्ल्ड ब्यानर, अमेरिका द ब्यूटीफुल, लिफ्ट एभरी भ्वाइस एन्ड सिङ र इनट नो माउन्टेन हाई इनफ जस्ता अमेरिकी क्लासिकहरू समावेश थिए ।
न्युयोर्कको डाउनटाउन वा वेष्ट तर्फका लागि जर्सी सिटीको फायरवर्क्स हेर्न लायक थियो जसले हडसन रिभरलाई उज्यालो पारेको थियो । उक्त फायरवर्कस साढे ९ बजे वाटरफ्रन्टमा दुई बार्जबाट सुरु भएको थियो भने एक्सचेन्ज प्लेसबाट उक्त फायरवर्क्सको दृश्य उत्कृष्ट देखियो । त्यस्तै वासिंटन डिसी लगायत अमेरिकाका अन्य सिटीहरुमा पनि फायरवर्क्स र कार्यक्रमहरु गरिए ।
२४७ बर्ष अगाडि ब्रिटिस साम्राज्यको भागको रुपमा नरहेको भन्दै छुट्टै देशका रुपमा संयुक्त राज्य अमेरिकाको घोषणा गरिएको अवशरमा स्वतन्त्रता दिवस मनाइएको हो । सन् १७७६ मा अमेरिकी संसदले स्वतन्त्रताको घोषणापत्र स्वीकार गरेको थियो भने संयुक्त राज्य अमेरिकाको घोषणा गर्दै १३ वटा अमेरिकन उपनिवेशहरुलाई बेलायती साम्राज्यबाट मुक्त गरेको थियो ।
संसदले अमेरिकी स्वतन्त्रताको घोषणापत्रमा जुलाई २ मा मतदान गरेपनि हरेक बर्ष फोर्थ जुलाईलाई अमेरिकामा स्वतन्त्रता दिवसका रुपमा मनाइदै आएको छ ।
सन् १७७६ को जुलाई २ सम्म अमेरिका बेलायतको १३ औं उपनिवेशका रुपमा रहेको थियो । उक्त दिन स्वतन्त्रताको घोषणामा मतदान भएपनि केही शब्दमा भएको विवादपछि जुलाई ४ मा स्वतन्त्रताको घोषणापत्रको अन्तिम दस्तावेज पारित गरिएको थियो ।
त्यसअगाडि अमेरिकामाथि बेलायती कब्जा थियो । बेलायती कानुनको विभेदपूर्ण व्यवहारका कारण अमेरिकीलाई बेलायती शासन मनपरेको थिएन। यहि क्रममा सन् १७७४ मा १३ मध्ये १२ उपनिवेशका प्रतिनिधिहरू पेन्सलभानिया राज्यको फिलाडेल्फियामा भेला भए । जर्जियाका प्रतिनिधिमात्र अनुपस्थित थिए ।
यी उपनिवेशमा बेलायत विरुद्ध लड्ने तयारी भइरहेको थियो। अनि बेलायत विरुद्ध युद्ध पनि शुरु भयो। सन् १७७५ मा कंग्रेस बस्दा युद्ध चलिरहेको थियो। उक्त कंग्रेसले थोमस जेफरसन र अन्य ज्ञातालाई स्वतन्त्रताको घोषणापत्र तयार गर्ने जिम्मेवारी दियो।
जेफरसनले घोषणापत्र तयार पारेपछि जोन एडम्स्, बेन्जामिन फ्र्याङ्कलिनसहितको समितिलाई मूल्यांकन गर्न दिनुभयो। उक्त समितिले घोषणा पत्रमा केही संशोधन गरेपछि कंग्रेसमा पढेर सुनाइयो।
अमेरिकामा शुरूमा १३ राज्यहरू मात्र थिए। ती डेलावर, पेन्सलभेनिया, न्यू जर्सी, जर्जिया, कनेक्टिकट, मासाचुसेट्स, मेरिल्याण्ड, साउथ क्यारोलाईना, न्यु ह्याम्सर, भर्जिनिया, न्यु योर्क, नर्थ क्यारोलाईना र रोड आइल्याण्ड हुन् । बेलायतको उपनिवेशबाट अमेरिकालाई स्वतन्त्र बनाउने शुरुका यी १३ राज्य हुन्।