अमेरिकामा जुलाई ४ मनाइरहँदा भएका गोलीकाण्डमा १२ बढीको मृत्यु, ६० जनाभन्दा बढी घाइते
प्रकाशित मिति : असार २०, २०८० बुधबार
अमेरिकाले जुलाई ४ मा स्वतन्त्रता दिवस मनाउने क्रममा यस हप्ता केही शहरहरूमा चाडपर्वहरू, ब्लक पार्टीहरू र अन्य जमघटहरूमा सामूहिक गोलीकाण्डका घटनामा एक दर्जनभन्दा बढीको मृत्यु भएको छ र करिब ६० जना घाइते भएका छन्। वासिङ्टन, डीसी, लुजियाना, फ्लोरिडा, फिलाडेल्फिया, टेक्सास र बाल्टिमोरमा भएका बन्दुक हिंसाका घटनामा २ वर्षभन्दा कम उमेरका बालबालिकाको समेत मृत्यु भएको छ ।
लुइसियानाको श्रेभपोर्टमा मंगलबार राति कम्तिमा तीन जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको बुधबार अवस्था गम्भीर रहेको तर अन्य बाँच्ने आशा गरिएको जनाईएको छ । घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन् । बुधबार बिहान अर्को शव यस क्षेत्रमा फेला परेको थियो ।
देशको राजधानी वासिंटन डिसीमा पनि स्वतन्त्रता दिवस समारोह हिंसात्मक बनेको छ । त्यहाँ उत्सवको मजा लिइरहेका नौ जनालाई बुधबार बिहान गोली प्रहार गरी घाइते बनाइएको छ । ह्वाइट हाउसको पूर्वमा करिब २० मिनेटको दूरीमा रहेको क्षेत्रमा बिहान १ बजे भएको सामूहिक गोलीकाण्डको जवाफ दिने अधिकारीहरूले पीडितहरूमध्ये एक ९ वर्षीय र एक १७ वर्षीया रहेको जनाएका छन् । घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ भने जीवनको लागि खतरा नभएको प्रहरीको भनाई छ ।
बन्दुकको गोली डिरहेको अँध्यारो एसयूभीबाट चलाइएको थियो । गाडीमा एकभन्दा बढी गोली प्रहार गर्ने व्यक्ति थिए वा थिएनन् भन्ने प्रष्ट भइसकेको छैन र कसैलाई पनि पक्राउ गरिएको छैन ।
फ्लोरिडामा ताम्पा खाडी पार गर्ने कोजवेमा जुलाई चौथो उत्सवको लागि भेला भएका दुई समूहहरू बीचको झगडापछि गोली चलेको छ । घटनामा एक ७ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । बालक आफ्नो हजुरबुवासँग मंगलबार ट्रकमा बसिरहेको बेला गाडीमा गोली चलाउँदा हजुरबुको हातमा र बालकको टाउकोमा लागेर गोली लागेको थियो । घटनामा संलग्न कसैलाई पनि गिरफ्तार गरिएको छैन भने घटना बालक र हजुरबुबालाई लक्षित नभएको विश्वास गरिएको छ ।
सोमबार राती बुलेटप्रुफ भेस्टमा एक बन्दुकधारीले फिलाडेल्फियाको सडकमा गोली चलाएको थियो भने उसले आत्मसमर्पण गर्नु अघि पाँच जनाको मृत्यु भएको थियो । घटनामा २ र १३ वर्षका दुई बालकहरु समेत घाइते भएका थिए ।
त्यस्तै टेक्सासको छिमेकमा एक उत्सव पछि भेला भएका सयौंको भीडमा कैयौं व्यक्तिहरूले अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो र आठ जना घाइते भएका थिए । कोमोको फोर्ट वर्थ नजिक सोमबार राति गोलीकाण्ड भएको थियो । वार्षिक कोमोफेस्ट समाप्त भएको करिब दुई घण्टा पछि यो घटना भएको हो ।
त्यो अगाडि आइतबार बिहान बाल्टिमोरको एक ब्लक पार्टीमा ३० जनालाई गोली हानीएको थियो भने दुई जनाको मृत्यु भएको थियो । ती गोलीकाण्डका धेरै पीडितहरू बालबालिका थिए ।