तपाईले आज अमेरिकामा खोलिने १ बिलियनको पावरबल जितेमा घरमा कति रकम लैजान पाउनुहुन्छ?
प्रकाशित मिति : श्रावण ३, २०८० बुधबार
अमेरिकाको पावरबल ज्याकपट १ बिलियन डलर पुगेको छ, जुन अहिलेसम्मकै सबैभन्दा तेश्रो ठूलो पावरबल ज्याकपट हो । विजेताले एकमुष्ठ नगद लिन चाहेमा ५१६ मिलियन डलर प्राप्त गर्नेछन् । त्यसपछि ट्याक्स रकम पनि काटिनेछ ।
ट्याक्स रकम राज्य अनुशार फरक फरक हुन्छ । जसका कारण विजेताहरूले घर लैजाने रकम १ बिलियनको तुलनामा सयौं मिलियन डलरले भिन्न हुन्छ । सबै विजेताहरूले आफ्नो जीतमा स्वचालित रूपमा २४ संघीय कर तिर्छन्, जसलाई आम्दानीका रुपमा मानिन्छ। यद्यपि विजेताहरूले लगभग निश्चित रूपमा आफ्नो कर रिटर्न फाइल गर्दा संघीय करहरूमा अर्को १३ प्रतिशत पनि तिर्नेछन् । किनकि लाखौं डलरको जीतले उनीहरूलाई ३७ प्रतिशतको शीर्ष कर कोष्ठकमा राख्नेछ।
राज्यको आयकर तपाईं कुन राज्यमा बस्नुहुन्छ भन्ने आधारमा २ दशमलव ९ प्रतिशतदेखि १० दशमलव ९ प्रतिशतसम्म हुन्छ। र आठ राज्यहरूले लोटरी जित्दा आयकर लिदैनन् जसमा क्यालिफोर्निया, फ्लोरिडा, न्यू ह्याम्पशायर, साउथ डकोटा, टेनेसी, टेक्सास, वाशिंगटन र वायोमिङ रहेका छन् । पाँच राज्यहरू अलाबामा, अलास्का, हवाई, नेभाडा र यूटाह पावरबल लोटरीमा भाग लिँदैनन् ।
यसरी कर तिर्दा १ बिलियनको पावरबल जित्नेले न्युयोर्कमा एकमुष्ठ नगद लिएमा २६९ मिलियनमात्र घर लैजान पाउनेछ भने क्यालिफोर्नियामा ३२५ मिलियन घर लैजान पाउनेछ । यदि ३० बर्षको किस्तामा लिनेगरी छनौट गरेमा भने यो रकम बढी हुनेछ । टेक्सासमा पनि ३२५ मिलियन घर लैजान पाउनेछ भने वासिंटन डिसीमा २७० मिलियनमात्र घर लैजान पाउनेछ । घर लैजान पाउने अधिकतम रकम ३२५ मिलियनको हाराहारीमा मात्र हुन आउँछ ।
हालको ज्याकपट अप्रिलको मध्यदेखि बढ्दै गएको हो । ओहायोमा बेचेको टिकटले २५२ मिलियनको ज्याकपट जितेदेखि कसैले पनि सबै छवटा नम्बर मिलाएका छैनन् । अहिलेसम्म सबैभन्दा ठूलो पावरबल सन् २०२२ नोभेम्बर ७ मा २ दशमलव शुन्य ४ बिलियनको ज्याकपट क्यालिफोर्नियाका व्यक्तिले जितेका थिए भने दोश्रो ठूलो पावरबल सन् २०१६ को जनवरी १३ मा १ दशमलव ५ बिलियन डलरको ज्याकपट क्यालिफोर्निया, फ्लोरिडा र टेनेसीका व्यक्तिले जितेका थिए ।
पावरबल चिठ्ठा अमेरिकाका ४५ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी, पोर्तोरिको र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ । पावरबल लोटरी सोमबार, बुधबार र शनिबार न्युयोर्क समय अनुशार राती १० बजेर ५९ मिनेट जाँदा खोलिन्छ । यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि १ देखि ६९ सम्मका ५ वटा नम्बर र १ देखि २६ सम्मको एउटा नम्बर छनौट गर्नुपर्छ ।
त्यस्तै शुक्रबार खोलिने मेगा मिलियन्स पनि ७२० मिलियन डलर पुगेको छ । मेगा मिलियन चिठ्ठा अमेरिकाका ४४ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ । मेगा मिलियन हरेक मंगलबार र शुक्रबार न्युयोर्क समय अनुशार राती ११ बजे खोलिन्छ । यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि ७० भित्रका ५ वटा नम्बर र १ देखि २५ भित्रको एउटा नम्बर छनौट गर्नुपर्छ ।