न्युयोर्क सिटीमा अत्याधिक गर्मीको चेतावनी, तापक्रम १०५ डिग्री फरेनहाइटसम्म पुग्ने


प्रकाशित मिति : श्रावण ११, २०८० बिहीबार

five children playing water during day time

न्युयोर्क सिटीमा अत्याधिक गर्मीको चेतावनी दिइएको छ भने तापक्रम १०५ डिग्री फरेनहाइटसम्म पुग्ने अनुमान गरिएको छ । विहिबार विहान ११ बजेदेखि शुक्रबार राती ९ बजेसम्मका लागि यस्तो चेतावनी दिइएको हो । राष्ट्रिय मौषम सेवाले आज चेतावनी जारी गर्दै गर्मी र उच्च आर्द्रताले गर्मीबाट हुने रोगहरू निम्त्याउन सक्ने चेतावनी दिइएको छ ।

तापक्रम बिहीबार तीन अंकमा पुग्ने र शुक्रबार पनि १०४ डिग्री वा माथि पुग्ने राष्ट्रिय मौसम सेवाले चेतावनी दिएको छ। दमनकारी गर्मी र आर्द्रता शनिबारसम्म रहने अपेक्षा गरिएको छ। न्युयोर्क सिटीका बासिन्दाहरुलाई अत्याधिक गर्मीका लागि तयार रहन सिटीका अधिकारीहरूले चेतावनी दिएका छन् ।

child lifting water dipper
Photo by Lubomirkin

तातो घातक रहेको तथा जलवायु परिवर्तनले अत्यधिक गर्मीलाई बारम्बार र अझ खतरनाक बनाउदै गरेको न्युयोर्क सिटीका स्वास्थ्य आयुक्त अश्विन वासनले एक विज्ञप्तिमा बताएका छन् । विशेष गरी कमजोर स्वास्थ्य भएका न्युयोर्कवासीहरूका लागि आफ्नो र एकअर्काको ख्याल राख्नु एकदमै महत्त्वपूर्ण रहेको उनले बताएका छन् ।

कूलिङ सेन्टरका स्थानहरू गत वर्षदेखि परिवर्तन भएको हुनसक्ने भएकाले न्युयोर्कवासीहरूलाई ३११ मा फोन गर्न वा अपडेटहरूका लागि कूलिङ सेन्टर खोज वेवसाइटमा जान प्रोत्साहन गरिएका छन् । कूलिङ सेन्टर खोज बुधबार साँझ सक्रिय हुनेछ । घरपालुवा जनावर मालिकहरूले कुकुर, बिराला र अन्य घरपालुका जनावरलाई कुन कूलिङ सेन्टरले स्वागत गर्दछ भन्ने हेर्न सक्नेछन् । न्युयोर्कसिटीले पेट्कोसँग अतिरिक्त राहत स्थानहरू उपलब्ध गराउनको लागि साझेदारी पनि गरेको छ ।

शनिबार तापक्रम केही हदसम्म चिसो हुने अनुमान गरिएको छ । तर एयर कन्डिशनर भने बन्द गर्ने योजना नबनाउनु होला । शनिबार पनि तापक्रम ९९ डिग्री फरेनहाइट हुने न्युयोर्क सिटीका अधिकारीहरुले चेतावनी दिएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com