न्युयोर्क सिटीमा नेपालीको कारज्याक प्रयास लगत्तै ६० बर्षीय महिलाको कारज्याक र आक्रमण


प्रकाशित मिति : श्रावण १०, २०८० बुधबार

न्युयोर्क सिटीमा नेपाली उबर चालक यादवकुमार ढुंगेललाई आक्रमण गरेर कारज्याकको प्रयास गरेलगत्तै ब्रोंक्समा अर्को घटना भएको छ । ब्रोंक्समा एक ६० वर्षीया महिलालाई उनको टोयोटाबाट बाहिर तानेर कुटपिट गरेपछि आक्रमणकारीले कारज्याक गरेको प्रहरीले बुधबार जनाएको छ ।

प्रहरीले ईस्टचेस्टरको स्टीनविक एभिन्यूमा दिनदहाडै कारज्याकिङ पछि संदिग्धको फोटोहरु जारी गरेको छ । पीडित महिला दिउँसो १ बजेपछि कालो टोयोटामा बसिरहेकी थिइन् । एक व्यक्तिले ढोका खोलेर उनलाई एसयूभीबाट बाहिर तानेको थियो ।

त्यसपछि गाडीमा चढ्नुअघि आक्रमणकारीले महिलालाई मुक्का र लात हानेको थियो । पीडितलाई मोन्टेफोर मेडिकल सेन्टरमा लगिएको थियो जहाँ उनको अवस्था स्थिर रहेको थियो । बुधबारसम्म उक्त टोयोटा फेला नपरेको प्रहरीले जनाएको छ । यसको न्युयोर्क दर्ता नम्बर ५५२२७९ रहेको छ।

UNKs building during daytime

जुलाईको दोश्रो साता न्युयोर्क सिटीको एफडीआर ड्राइभमा कारज्याकको प्रयास गर्ने एक व्यक्तिले नेपाली उबर चालक ३६ बर्षका यादव कुमार ढुंगेललाई छुरा प्रहार गरेको थियो । ढुंगेलको छाती, काँध र हातमा छुरा प्रहार गरिएको थियो ।

ढुंगेललाई छुरा प्रहार गरेर कारज्याकको प्रयास गर्ने संदीग्ध २० बर्षीय इस्माइल इंग्लिशलाई प्रहरीले पक्राउ गरेको थियो । आक्रमणकारीले ढुंगेको सिटमा बस्ने प्रयास गर्दै कारज्याकको प्रयास गरेको थियो । आक्रमणकारीलाई हत्याको प्रयास, डकैतीको प्रयास, खतरनाक लापरवाही र हतियारको आपराधिक कब्जाको चारवटा अभियोग लगाइएको छ ।

एफडीआर ड्राइभको दक्षिणपट्टि म्यानहट्टन ब्रिज एक्जिटमा पुग्दै गर्दा लिफ्टको राइड शेयरमा रहेको इस्माइल इंग्लिशले कारज्याकको प्रयास गरेको थियो । चालकले अस्वीकार गरेपछि उसले तीनपटकसम्म छुरा प्रहार गरेको थियो । चालकलाई छुरा प्रहार प्रहारपछि संदिग्धले एफडीआर ड्राइभमा घटनास्थलबाट भाग्ने प्रयास गरेको थियो र सेतो सेडानमा हामफालेको थियो ।

छुरा प्रहार गर्ने केटा अर्को कारमा हामफालेर अर्को ड्राइभरसँग कुश्ती गर्न थालेको थियो । अरू कसैको कारमा चढ्न खोजेपनि अरू कसैको कारमा चढ्न भने सकेन । भाग्ने क्रममा माथिबाट तल साइकल लेनमा हाम्फाल्दा उसको दुबै खुट्टा भाँचिएको थियो ।   त्यसपछि आक्रमणकारीलाई हिराशतमा लिइएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com