अमेरिकी पासपोर्टवाहकले २०२४ देखि युरोप जानका लागि शुल्क तिरेर अनलाइन आवेदन दिनुपर्ने


प्रकाशित मिति : श्रावण ११, २०८० बिहीबार

अमेरिकी नागरिकहरूले अब सन् २०२४ देखि युरोपियन युनियन र शेंगेन देशमा प्रवेशका लागि अनलाइनबाट यात्रा अनुमति लिनु पर्ने भएको छ । युरोपियन ट्राभल इन्फर्मेसन एण्ड ऑथोराइजेसन सिस्टम अन्तरगत अमेरिकीहरूले भविष्यमा युरोपको अधिकांश भागमा यात्रा गर्न योग्य हुन अनलाइनबाट स्वीकृति प्राप्त गर्नुपर्नेछ । यो यात्राका लागि स्वीकृति लिनुपर्ने अमेरिकी इलेक्ट्रोनिक प्रणाली इस्टासँग मिल्दोजुल्दो छ।

मे २०२३ मा लागु हुने तय भएको कार्यक्रम २०२४ का लागि सारिएको हो । नयाँ प्रणाली लागु भएपछि ६० भन्दा बढी देशका करिब १ दशमलव ४ बिलियन मानिसले भविष्यमा यात्राका लागि आवेदन दिनुपर्नेछ ।

यी देशहरुमा अमेरिका र अन्य देशहरू जस्तै युनाइटेड किंगडम, क्यानडा, न्यूजील्याण्ड, अल्बानिया, युक्रेन आदिका नागरिकहरू पनि छन्। आवेदन शुल्क ७ युरो लाग्नेछ । प्रयोग गरिएको खण्डमा यो छोटो अवधिको बसाइका लागि मान्य हुन्छ। यदि प्रयोग नगरिएको खण्डमा यो तीन वर्षसम्म मान्य हुन्छ जबसम्म पहिले नै पासपोर्टको म्याद समाप्त हुँदैन।

अमेरिकाको सन् २०२१ मा जारी अर्को पुस्ताको राहदानी ।

यसैबीच पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्ष ह्वाइट हाउसमा निर्वाचित भएमा अमेरिकी यात्रुहरूका लागि युरोपले लगाउने योजना बनाएको प्रवेश शुल्कको अन्त्य गर्ने बताएका छन्।

उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोष्ट गर्दै भनेका छन् – ‘वाह, अमेरिकी नागरिकहरूले २०२४ देखि युरोप भ्रमण गर्न भिसाको लागि शुल्क तिर्नुपर्ने ! यसको बारेमा सोचौं । हामीले तिनीहरूलाई सैन्य सुरक्षा र व्यापार सहित सबै चीज दिइरहेका छौं । अब हामीले त्यहाँ जान उनीहरूलाई शुल्क तिनुपर्ने ! अमेरिकाको कुनै सम्मानै छैन! म राष्ट्रपतिको हैसियतमा यो हुन दिन्न। यो धेरै चाँडै समाप्त हुनेछ ।’

ट्रम्पले प्रवेश शुल्कलाई कसरी अन्त्य गर्ने भन्ने बारे अरु थप केही बताएका छैनन् । अमेरिकी यात्रुहरूसहित ६० भन्दा बढी अन्य देशका नागरिकहरुले ३० युरोपेली देशहरूमध्ये कुनै पनि देशको भ्रमण गर्दा  युरोपेली यात्रा सूचना र प्राधिकरण प्रणालीमा आवेदन पेश गर्नुपर्नेछ। प्रवेश शुल्कबाट छुट नभएका ती ६० देशहरूमध्ये कुनैपनि देशका यात्रीले १८० दिनको अवधिमा ९० दिनसम्मको छोटो अवधिको बसाइको लागि आवेदन पेश गर्नुपर्नेछ ।

आवेदकहरूले आफ्नो नाम, जन्म मिति, राष्ट्रियता, ठेगाना, इमेल ठेगाना, फोन नम्बर र आफ्ना आमाबुवाको नाम जस्ता व्यक्तिगत जानकारी उपलब्ध गराउनु पर्ने हुन्छ। आवेदकहरूले आफ्नो हालको पेशा, शिक्षाको स्तर र युरोप जानको लागि उनीहरूको यात्रा योजनाहरूको बारेमा जानकारी पेश गर्न आवश्यक हुनेछ।

वैध यात्रा प्राधिकरणको साथ यात्रुले यी युरोपेली देशहरूको क्षेत्रमा छोटो अवधिको बसाइको लागि चाहे जति पटक प्रवेश गर्न सक्नेछन् । सामान्यतया कुनै पनि १८० दिनको अवधिमा ९० दिनसम्ममात्र बस्न पाइनेछ । यद्यपि यसले प्रवेशको ग्यारेन्टी गर्दैन। यात्रुहरु त्यहाँ पुगेपछि एक सीमा रक्षकले राहदानी र अन्य कागजातहरू हेर्न र यात्रुले प्रवेशका सर्तहरू पूरा गरेको प्रमाणित गर्न लगाउन सक्नेछन् ।

फोटो: ग्लोबल रेसिडेन्स इन्डेक्स
© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com