न्युयोर्क सिटीमा ४ महिनादेखि फोहोरबारे नयाँ नियम, नमान्नेहरुलाई अहिलेसम्म १४ लाख डलर जरिवाना
प्रकाशित मिति : श्रावण १४, २०८० आईतबार
अप्रिल १ देखि न्युयोर्क सिटीमा फोहोर फ्याक्ने सन्दर्भमा नयाँ नियम लागु भएको छ । उक्त नियमको उल्लंघन गर्नेहरुलाई न्युयोर्क सिटीले तीन महिनाको अवधिमा १४ लाख डलर जरिवाना गरिसकेको छ ।
सरसफाइ विभागले २८ हजार भन्दा बढी न्युयोर्कवासीहरूलाई जरिवाना टिकट जारी गरेको छ । आफ्नो फोहोर तोकिएको समय भन्दा धेरै चाँडो बाहिर फाल्नेहरुलाई यो जरिवाना गरिएको हो ।
विगत चार महिना भित्र पाँचवटा बरोहरूमा मानिसहरू र व्यवसायहरुले फोहोरको थैलो बाहिर फाल्ने बेलुका ८ बजेपछिको सेटआउट समय पालना नगरेका कारण जरिवाना लगाइएको हो । नियम उल्लंघन गर्ने हरेकलाई ५० डलर जरिवाना तोकिदै आएको छ ।
नयाँ नियमले सडक र कन्टेरमा फोहोर रहने समयलाई घटाएको छ । कारवाही धेरै घनत्व भएका म्यानहट्टनको इस्ट भिदेज, लोअर इस्ट साइड र चाइनाटाउनमा केन्द्रित गरिएको थियो ।
नयाँ नियम अनुशार कुनै पनि आकारको आवासीय भवनहरूमा बस्नेहरुका लागि फोहोर फ्याक्ने दुई विकल्पहरू छन् । बेलुका ६ बजेपछिमात्र फोहोरलाई ५५ ग्यालन वा सोभन्दा कमको कन्टेनरमा सुरक्षित ढक्कनमा राख्न सकिनेछ । वा फोहोरको झोला सिधै फोहोर फाल्ने कर्बमा राख्दा बेलुका ८ बजेपछि मात्र राख्नुपर्नेछ । सङ्कलन सुनिश्चित गर्न सबै फोहोरहरू मध्यरातसम्म राख्नुपर्छ ।
व्यवसायहरूका सन्दर्भमा कर्बमा फोहोर राख्ने व्यवसायहरूसँग दुई विकल्पहरू छन् । यदि सुरक्षित ढक्कन भएको कन्टेनर प्रयोग गर्दै हुनुहुन्छ भने फोहोरलाई कर्ब बन्द हुने समयभन्दा १ घण्टा अघि कर्बमा राख्नुपर्छ । यदि फोहोरको झोला सिधै कर्बमा राख्ने भएमा बेलुका ८ बजेपछि राख्नुपर्छ । यो लोडिङ डकबाट फोहोर सङ्कलन गर्ने व्यवसायहरूमा भने लागू हुँदैन।
अगस्ट १ सम्म सबै खाद्य सम्बन्धित व्यवसायहरूले सङ्कलनका लागि रद्दीटोकरी सेट गर्दा सुरक्षित ढक्कनहरू भएका कठोर कन्टेनरहरू प्रयोग गर्नुपर्छ। कन्टेनरहरू तपाईंको व्यवसाय खोल्ने समयसम्म कर्बबाट हटाइनुपर्छ।
यदि तपाइँ कन्टेनरहरू प्रयोग गर्दै हुनुहुन्छ भने तिनीहरूलाई सार्वजनिक फुटपाथबाट टाढा हुनेगरी भित्र वा गल्लीको मार्ग, आँगन वा अन्य बाहिरी क्षेत्रहरूमा राख्नुपर्छ। यदि ठाउँ उपलब्ध छैन भने तपाईंले आफ्नो भवनको तीन फिट भित्र सुरक्षित ढक्कनहरू सहित कन्टेनरहरू भण्डारण गर्न सक्नुहुन्छ। कन्टेनरहरू सफा राख्नु पर्छ र पैदलयात्रीलाई यात्राको लागि अवरोध नहुनेगरी राख्नुपर्छ ।