फ्लोरिडाका भाग्यशाली विजेताले जिते १.५८ बिलियनको मेगा मिलियन्स ज्याकपट


प्रकाशित मिति : श्रावण २४, २०८० बुधबार

मंगलबारको अनुमानित १.५८ बिलियन डलरको मेगा मिलियन्स ज्याकपट फ्लोरिडाका भाग्यशाली विजेताले जितेका छन् ।   जसमा विजयी संख्याहरु ३२, १९, १३, ३३, २० रहेका छन् भने गोल्ड मेगाबल १४ रहेको छ । विजयी टिकट ज्याक्सनभिल नजिकै उत्तरी फ्लोरिडाको नेप्च्युन बीचको सुपरमार्केटमा बेचिएको थियो।

अमेरिकामा  मंगलबार खोलिएको मेगा मिलियन्स ज्याकपट अहिलेसम्मकै इतिहासमा सबैभन्दा ठूलो हो ।  लगभग चार महिनादेखि मेगा मिलियन्स ज्याकपट कसैले पनि नजितेपछि रकम बढेर उच्च बिन्दुमा पुगेको हो ।

तेश्रो ठूलो मेगा मिलियन्स भने यसै बर्ष जनवरीको १३ मा खोलिएको थियो, जुन १ दशमलव ३४ बिलियनको थियो ।

न्युयोर्कको ओजोन पार्क क्वीन्सका एक सेवानिवृत्त ह्यान्डीम्यानले अप्रिल १४ मा ४७६ मिलियनको ज्याकपट जितेदेखि कसैले पनि मेगा मिलियन्स ज्याकपट जितेको थिएन । त्यसपछि ३६ मिलियन भन्दा बढी मानिसहरूले केही डलरदेखि ५ मिलियन डलरसम्मका पुरस्कारहरू भने जितिसकेका छन् । दोश्रो ठूलो मेगा मिलियन्स सन् २०१८ को अक्टोबर २३ मा खोलिएको थियो जुन १ दशमलव ५३ बिलियन डलरको थियो । उक्त मेगा मिलियन्स साउथ क्यारोलिनाका व्यक्तिले जितेका थिए ।

तेश्रो ठूलो मेगा मिलियन्स भने यसै बर्ष जनवरीको १३ मा खोलिएको थियो, जुन १ दशमलव ३४ बिलियनको थियो । गतबर्षको जुलाईमा १ दशमलव ३३ बिलियनको र सन् २०२१ को जनवरीमा १ बिलियनको मेगा मिलियन्स खोलिएको थियो ।

मेगा मिलियन चिठ्ठा अमेरिकाका ४४ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ । मेगा मिलियन हरेक मंगलबार र शुक्रबार न्युयोर्क समय अनुशार राती ११ बजे खोलिन्छ । यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि ७० भित्रका ५ वटा नम्बर र १ देखि २५ भित्रको एउटा नम्बर छनौट गर्नुपर्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com