खसोखास रिभ्यु: अमेरिकाबाट ‘आफ्नो’बाट रकम पठाउँदा उत्कृष्ट रेट, प्रयोग गर्न सहज, २ घण्टामा डिपोजिट


प्रकाशित मिति : भाद्र १२, २०८० मंगलबार

अमेरिकाबाट अनलाइनबाटै नेपालमा रकम पठाउन सकिने रेमिट्यान्स सेवा ‘आफ्नो’ मार्फत रकम पठाउँदा उत्कृष्ट रेट, प्रयोग गर्न सहज, २ घण्टामा डिपोजिट भएको पाइएको छ । खसोखास टिमले ‘आफ्नो’  प्रभावकारिता जाँच गर्न आफै प्रयोग गरेर समेत हेरेको थियो । वेवसाइटका अतिरिक्त एप स्टोर र गुगल प्लेबाट एप्लिकेशन डाउनलोड गरेर सहजै रकम पठाउन सकिने भएकाले यो प्रयोग पनि निकै सहज रहेको छ ।

अमेरिकामा रहेका व्यक्तिले बैंक ट्रान्सफर, बैंक डिपोजिट, क्रेडिट कार्ड, डेबिट कार्ड प्रयोग गरि रकम पठाउन सक्ने भएतापनि क्रेडिट कार्ड र डेबिट कार्ड प्रयोग गरेर रकम पठाउँदा भने शुल्क केही महँगो रहेको छ । बैंक ट्रान्सफर वा बैंक डिपोजिटको विकल्प रोजेको खण्डमा भने ५९ सेन्टसमा नै रकम पठाउन सकिनेछ । क्रेडिट कार्डबाट पठाउँदा ३ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्छ भने डेबिट कार्ड प्रयोग गरि पठाउँदा १ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्छ ।

रेमिट्यान्स पठाएको २ घण्टाभित्रमा नै नेपालमा रहेको कुनै पनि बैंक खातामा रकम जम्मा हुने आफ्नोले प्रतिबद्धता जनाएको छ । खसोखासले गरेको परिक्षणमा १ घण्टा ४५ मिनेटमा रकम जम्मा भएको पाइएको थियो । त्यस्तै ‘आफ्नो’ले दिने रेटपनि उत्कृष्ट रहेको पाइएको छ । अगस्त २९ को रेट हेर्दा १ डलरको १३० रुपैया ७१ पैसा रेट दिएको पाइयो । हामीले रेमिट्ली सेवा हेर्दा अगस्त २९ को रेट १२९ रुपैया ५४ पैसामात्र दिएको पाइएको थियो । वेष्टर्न युनियनले अगस्त २९ मा १३० रुपैया ५८ पैसा दिएको थियो ।

बैंकबाट सिधै एसीएच गरेर नेपाल रकम पठाउँदा कतिपय मनी ट्रान्सफरहरुले २ दिनसम्म लगाउने गरेका छन् । तर आफ्नोले भने यसरी रकम पठाउँदा पनि २ घण्टाभित्रै नै बैंक खातामा रकम डिपोजिट गरिदिने गरेको छ । भरपर्दो र सुरक्षित कम्पनी प्लेडमार्फत एकाउन्टको विवरण प्राप्त हुने भएकाले आफ्नोले ग्राहकको अमेरिकामा रहेको एकाउन्टमा सिधै पहुच कायम गर्न सक्दैन । सेवाग्राहीको डाटा सुरक्षित राख्न बैंक स्तरको सुरक्षा प्रयोग गर्ने आफ्नोले बताएको छ ।

pexels-photo-164527.jpeg
Photo by Pixabay on Pexels.com

त्यस्तै हरेक १० हजार नेपाली रुपैया पठाउँदा एक सिक्का प्राप्त गर्न सकिन्छ । एक सिक्काको मूल्य १ नेपाली रुपैया हुनेछ ।

‘आफ्नो’को वेवसाइट र एप्लीकेशनहरु प्रयोग गर्न सहज रहेको छ भने केवाईसी भेरिफाइ पनि सहजै र छिटो हुने गरेको छ । तर कतिपय अवस्थामा एकाउन्ट खोल्ने क्रममा ओटीपी कोड प्राप्त हुनमा भने लामो समय लाग्ने गरेकोमा अहिले भने यो समस्या समाधान गरिसकेको कम्पनीले जनाएको छ । यदि ओटीपी कोड आउनमा ढिलाई भएमा फर्गेट पासपोर्ट विकल्प प्रयोग गरेर समेत छिटो कोड प्राप्त गर्न सकिन्छ ।

यदि कुनै समस्या भएमा च्याटमार्फत वा फोनमार्फत पनि सम्पर्क गर्न सकिन्छ । यसरी सम्पर्क गर्दा तपाईले नेपाली भाषामा नै बोलेर सेवा प्रदान गर्ने कर्मचारीहरु पाउनुहुनेछ ।

यदि तपाईपनि आफ्नो मार्फत सहजै रकम पठाउन चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com