नर्थ क्यारोलिनामा संकटकाल घोषणा, ब्लु सुपरमुनले स्थीति झन् खराब बनाउन सक्ने


प्रकाशित मिति : भाद्र १३, २०८० बुधबार

नर्थ क्यारोलिनाका गभर्नर रोय कूपरले हरिकेन इडालियाको अगाडि संकटकालको घोषणा गरेका छन्, जसले राज्यमा भारी वर्षा र सम्भावित बाढी ल्याउने अपेक्षा गरिएको छ। कूपरले एक विज्ञप्तिमा नर्थ क्यारोलिनाका बासिन्दाहरुका लागि समयमै आपतकालीन सामाग्रीहरु जम्मा गर्नु र आँधीको लागि तयारी गर्नु पर्ने अवस्था आएको बताएका छन् ।

धेरै मानिसहरूले बुधवार रातीको दुर्लभ निलो सुपरमुनको अवलोकन र तस्बिरहरू लिन सक्षम भएतापनि तूफान इडालियाबाट प्रभावितहरूले सुपरमुनको कारणले खराब ज्वारभाटापूर्ण बाढीको अनुभव गर्न सक्ने चेतावनी दिइएको छ । एउटै महिनामा दोश्रोपटक आउने पूर्णिमालाई ब्लुमुन भनिन्छ । नासाका अनुसार पृथ्वीको परिक्रमाको सबैभन्दा नजिकको बिन्दुमा हुँदा सुपरमुन भनिन्छ।

नासाका अनुसार महासागरहरूमा चन्द्रमाको गुरुत्वाकर्षणको कारणले सुपरमुनसँग उच्च र तल्लो दुवै ज्वार बढी तीव्र हुन्छन्। पूर्णिमा र नयाँ चन्द्रमाको समयमा पेरिजियन उच्च ज्वारहरूले केही तटहरूमा ठूलो समस्या निम्त्याउन सक्छन् । यदि मौसमले उच्च छालहरू वा आँधीबेहरी थपेमा अझ जोखिम उच्च हुने नासाको भनाई छ ।

पास्को काउन्टी, फ्लोरिडादेखि सेन्ट पिटर्सबर्ग, फ्लोरिडाका क्षेत्रहरूमा बुधबारको इडालियाले ल्याण्डफल गराएपछि तश्रो श्रेणीको हरिकेन सरह बाढीको सामना गरेका थिए । सवाना, जर्जिया, र चार्ल्सटन, साउथ क्यारोलिनामा बाढी आउन सक्ने भविष्यवाणी गरिएको छ किनकि इडालियाले यस क्षेत्रबाट आफ्नो बाटो बनाउँछ।

इडालिया बढ्दै जाँदा यो अब चार्ल्सटन, साउथ क्यारोलिनाको उत्तरपश्चिममा केन्द्रित छ । र ६० माइल प्रतिघण्टाको हावा उत्तरपूर्वमा २१ माइल प्रति घण्टाको गतिमा सरेको छ। नेशनल वेदर सर्भिसका अनुसार आँधीले क्यारोलिना क्षेत्रमा धेरै भारी वर्षा भइरहेको छ। नर्थ क्यारोलिना तटको लागि विहान ४ बजेसम्म टोर्नाडो चेतावनी रहेको छ भने भने साउन क्यारोलिनालाई यो चेतावनीबाट हटाइएको छ ।

कभर तस्वीरमा राष्ट्रपति जो बाइडेन हरिकेन इडालियाबारे बोल्दै । इभान भुची / एपी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com