जनवरी ६ मा क्यापिटल हिल दंगामा सहभागी जो बिग्सलाई १७ वर्षको जेल सजाय


प्रकाशित मिति : भाद्र १४, २०८० बिहीबार

२०२० को चुनाव पछि तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पबाट जो बाइडेनलाई शक्तिको शान्तिपूर्ण हस्तान्तरणलाई जबरजस्ती रोक्न प्रयास गरेकोमा देशद्रोहको षड्यन्त्र सहित धेरै आरोपहरूमा प्राउड ब्वाइजका नेता जो बिग्सलाई वाशिंगटन डीसी जूरीले दोषी ठहर गरेको छ ।

न्यायाधीश टिमोथी केलीले सजाय सुनाउँदै जनवरी ६ मा अमेरिकामा शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्ने परम्परा तोडिएको बताएका छन् । त्यस दिनको उक्त क्षणको प्रकृति संवेदनशील भएकाले यो महत्त्वपूर्ण सजायको योग्य भएको उनले बताए ।

अभियोजकहरूले सुरुमा केलीलाई बिग्सलाई ३३ वर्षको जेल सजाय दिन आग्रह गरे का थिए । जुन जनवरी ६ को आक्रमणसँग सम्बन्धित प्रतिवादी जो बिग्सले अहिले पाएको सजायको झन्डै दोब्बर थियो । बिग्स र उनका सहयोगीहरुले जानाजान राजनीतिक हिंसा गरेको तर्क राख्दै उक्त सजाय मागिएको थियो । अमेरिकी इतिहासको कोर्श नै परिवर्तन गर्न खोजेको आरोपमा सजाय माग गरिएको थियो ।

तर न्यायाधिस केली त्यो अनुरोध भन्दा धेरै तल गए, । उनले आफूले संसद भवनमा भएको आक्रमणको क्रममा भएको हिंसालाई न्यूनीकरण गर्न नचाहने तर जनवरी ६ मा सम्बन्धित आचरणको लागि अन्य मानिसहरूलाई के सजाय सुनाइएको छ भन्ने बारे उनी सचेत हुनुपर्ने बताए । सजायका सन्दर्भमा ठूलो वा अनावश्यक असमानताहरू सिर्जना नगर्न उनले १७ बर्षकोमात्र सजाय तोकेको तर्क गरेका छन् ।

यो सजाय क्यापिटल हिल आक्रमणको एक भागको रूपमा दोषी ठहरिएका प्रतिवादीको लागि दिइएको दोस्रो सबैभन्दा लामो सजाय हो। ओथ किपरका नेता तथा संस्थापक स्टेवार्ट रोड्सलाई सबैभन्दा लामो १८ वर्षको जेल सजाय सुनाइएको थियो ।

न्यायाधीशसमक्ष एक भावुक अपील गर्दै सुन्तला रंगको जेलको जम्पसूट लगाएका बिग्सले आफूलाई सजाय हुनुपर्ने कुरा थाहा भएको र आफूले त्यो कुरा बुझ्ने भएपनि एक मौकाका लागि आग्रह गरेका थिए । छोरीलाई स्कुल छाड्न र ल्याउनका लागि एक मौका दिन उनले न्यायाधिस समक्ष अनुरोध गरेका थिए । आफूले त्यो दिन गडबड गरेपनि आफू आतंकवादी नभएको भन्दै उनले आँसु बगाएका थिए । आफूलाई भीडले फसाएको र अगाडि बढेको उनले बताए ।

एक महिना लामो सुनुवाईका क्रममा अभियोजकहरूले बिग्स र तीन सहयोगीहरु इथान नोर्डियन, जाचरी रेहल र एनरिक टारियोले क्यापिटल हिलआक्रमणको नेतृत्वमा हिंसाको षड्यन्त्र गर्नुका साथै हिंशालाई व्यापक रूपमा प्रोत्साहन दिएको प्रमाण प्रस्तुत गरेका थिए । जब दंगा सुरु भयो, बिग्स, नोर्डियन र रेहल पछाडि उभिए भने अरुहरुले अगाडि लाइनमा पुलिसलाई आक्रमण गरेका थिए ।

चार प्रतिवादीहरू, बिग्स, टारियो, नोर्डियन र रेहललाई राजद्रोहको षड्यन्त्रमा दोषी ठहराइएको छ भने पेजोलालाई त्यो आरोपबाट उन्मुक्ति दिइएको थियो ।
प्राउड ब्याइज समुहका पाँचै जना जनवरी ६ मा सम्बन्धित अन्य आरोपहरूमा दोषी ठहरिएका थिए, जसमा आधिकारिक कार्यवाहीमा अवरोध, अधिकारीलाई कुनै पनि कर्तव्य पालन गर्नबाट रोक्ने षड्यन्त्र, नागरिक अराजकताको समयमा कानून कार्यान्वयनमा अवरोध, सरकारी सम्पत्तिको विनाश, त्यसका लागिसहयोग र दुरुत्साहन लगायत छन् ।

बिहीबार सजाय सुनाउनु अघि अदालतमा दायर गरिएको पत्रमा अभियोजकहरूले यी प्रतिवादीहरूको आचरण ओथ टेकर प्रतिवादीहरूको भन्दा बढी गम्भीर रहेको र ठूलो सजायको भागिदार रहेको उल्लेख गरेका थिए । बिग्स घरेलु आतंकवादको लागि कडा सजायको भागिदार थिए किनभने उनले दंगाको क्रममा क्यापिटल हिल मैदानमा एउटा बार भत्काइदिएका थिए, जसले कानून प्रवर्तन अधिकारीहरूलाई भीड नियन्त्रण गर्न अप्ठ्यारो बनाउनुका साथै भीडलाई क्यापिटल हिलमा छिर्न एक कदम नजिक लगेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com