२ महिना अगाडि भेनेजुएलाबाट न्युयोर्क आएका आप्रवासी १४ अपराधमा ६ पटक पक्राउ
प्रकाशित मिति : भाद्र १६, २०८० शनिबार
२ महिना अगाडि भेनेजुएलाबाट न्युयोर्कसिटीमा आएका एक आप्रवासी १४ अपराधमा ६ पटक पक्राउ परेका छन् । उनले कम्तिमा तीन अपरिचित र दुई पुलिसलाई आक्रमण गरेका छन् भने विभिन्न आरोपमा छ पटक गिरफ्तार भएका छन् । २९ वर्षीय डेनियल हर्नान्डेज मार्टिनेज जुन २७ मा न्युयोर्क सिटीमा आइपुगेको भोलिपल्ट आफ्नो पहिलो अपराध गरेको जनाइएको छ ।
मार्टिनेजले तबाह मच्याइरहेको प्रहरीको भनाई छ । न्युयोर्कमा विभिन्न अपराधमा आप्रवासीहरू गिरफ्तार हुने क्रम जारी रहेको र उनहरुको पहिचान खुल्ने कुनै कागजात समेत नभएकाले समस्या भइरहेको प्रहरी अधिकारीहरु बताउँछन् ।
ब्रुकलिनको ९७६ थर्ड एभिन्युमा रहेको कस्ट्को स्टोरबाट मार्टिनेजको कथित अपराधको लहर सुरु भयो। प्रहरीका अनुशार त्यहाँ मार्टिनेजले न्यूटेलाको जार, चप्पल, स्नीकर, टोपी, जिलेट रेजर ब्लेड र डोभ बडी वाश चोरेका थिए। उनलाई त्यतीबेला सानो चोरीको आरोप लगाइएको थियो र पछि रिहा गरियो।
जुलाई ६ मा उनले म्यानहट्टनको कोलम्बस सर्कलमा रहेको स्टोरबाट टुलकिट चोरेको जनाइएको छ । भोलिपल्ट पसलमा चोरीदेखि आक्रमणसम्म गरेको प्रहरीले जनाएको छ । म्यानहट्टनको वेस्ट ३५ स्ट्रीटमा रहेको स्टोरमा उनलाई एक सुरक्षा गार्डले चिप्स र टूथपेस्टको झोला चोर्नबाट रोक्न खोजेका थिए । मार्टिनेजले एक ठूलो चक्कु निकालेर अण्डरकभर अधिकारीलाई आक्रमण गर्न अगाडि बढेको अदालतका कागजातहरूले देखाएको छ ।
मार्टिनेजलाई यस पटक धम्कीको आरोप लगाइएको थियो, पछि रिहा गरिएको थियो । तीन हप्ता पछि जुलाई ३१ मा टाइम्स स्क्वायरमा एक आप्रवासी आश्रय स्थान रो होटलको अगाडि बाइकको टायरले अचानक ५१ वर्षीय स्वतन्त्र पत्रकार जेफ्री ब्राडाकलाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन् । ब्राडाकले उनलाई फेरि होटलको अगाडि देखेपछि त्यहाँ तैनाथ प्रहरीहरूलाई सूचित गरे लगत्तै मार्टिनेजलाई एक हप्ता पछि पक्राउ गरिएको थियो ।
अगस्ट २१ मा उनले मिडटाउनमा एउटी महिलामाथि हिंस्रक आक्रमण गरेको प्रहरीले बताएको छ । एक अपरिचित व्यक्तिलाई कपालमा समातेर भुइँमा पछारेर लात हानेको जनाइएको छ । वेष्ट ४५ स्ट्रीटमा विहान १ बजे घएको घटनामा उनले महिलाको फोन खोसेर फोडेको अदालतको कागजातहरूमा उल्लेख छ । उनलाई धम्की दिने, आक्रमण गर्ने, आपराधिक दुराचार गर्ने र हतियार राख्ने अभियोग लगाइएको थियो र सुपरभिजनमा रिहाई गरिएको थियो।
तीन दिन पछि एक अपरिचित व्यक्तिलाई चेनले आक्रमणको धम्की दिएपछि हतियार र उत्पीडनको आरोपमा उनलाई पक्राउ गरिएको थियो । तर उनी फेरि रिहा भए ।
त्यसपछि, चार दिन पछि, अगस्ट २८ मा टाइम्स स्क्वायरमा साइकल चोर्न ताला तोड्न ठूलो धातुको पाइप प्रयोग गरेकोमा उनलाई पक्राउ गरिएको थियो । पुलिसहरूले उनलाई सानो लुटपाट, आपराधिक दुराचार र चोरीको आरोप लगाए।
उनले स्वास्थ्य उपचारको अनुरोध गरेपछि बेथ इजरायल अस्पताल लगिएको थियो । त्यहाँ पनि उनले एक प्रहरी अधिकारीलाई आक्रमण गरे जसले उनको हथकडी परिवर्तन गर्न खोजिरहेका थिए । उनले प्रहरीलाई दुई पटक लात हानेको र खुट्टामा हिकाएपछि उनीमाथि प्रहरी अधिकारीमाथि हातपात गरेको अभियोग लगाइएको छ ।
मार्टिनेज दुई महिना भन्दा कम सयमामा पाँच पटक पक्राउ परेको र लगभग हरेक पटक हानिको आरोपमा पक्राउ परेको कागजातमा उल्लेख छ । अभियोजकहरूले प्रहरी आक्रमणको मुद्दाको लागि १० हजार जमानत र अन्यका लागि १० हजार जमानत अनुरोध गरेपनि न्यायाधीशले ५ हजार डलर जमानत तोकेपछि मार्टिनेजलाई राइकर्स आइल्याण्ड जेलमा पठाइएको छ ।