अमेरिकाको ओहायोमा सूर्य भुजेलद्वारा छुरा प्रहार गरेर साथी बुद्धि माझीको हत्या
प्रकाशित मिति : आश्विन ११, २०८० बिहीबार
अमेरिकाको ओहायोको रेनोल्ड्सबर्गमा सोमबार एक व्यक्तिले आफ्नो साथीलाई छुरा प्रहार गरेको प्रहरीले बताएपछि गम्भीर हत्याको आरोप लगाइएको छ। प्रहरीको रेनोल्ड्सबर्ग डिभिजनका अधिकारीहरू फर्स्टगेट ड्राइभको ९१०० ब्लकमा रहेको घरमा पुग्दा त्यहाँ हत्याको घटना भएको थियो ।
३३ वर्षीय सूर्य भुजेलले ९११ मा प्रहरीलाई फोन गरेर आफूले आफ्ना साथी ३६ वर्षीय बुद्धि माझीलाई छुरा प्रहार गरेको बताएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । अदालतका कागजातका अनुसार भुजेलले माझीसँग झगडा गरेपछि घरभित्र पसेर भान्साको चक्कु लिएर माझीको छातीमा प्रहार गरेको जनाइएको छ ।
माझीलाई अस्पताल लगिएको थियो जहाँ उनको मृत्यु भएको थियो। माझीलाई माउन्ट कार्मेल ईस्ट अस्पताल लगिएको थियो, जहाँ उनलाई बिहान ३:३४ मा मृत घोषणा गरिएको थियो।
घटना राती साढे २ बजे भएको थियो । भुजेललाई घटनास्थलबाटै पक्राउ गरी लिकिङ काउन्टी कमन प्लीज कोर्टमा जघन्य हत्याको अभियोग लगाइएको छ । भुजेललाई हाल लिकिङ काउन्टी कारागारमा राखिएको छ । प्रारम्भिक सुनुवाई अक्टोबर ५ का लागि तोकिएको छ ।
उनीहरु दुबैजना नेपाली भाषी भुटानी भएको जनाइएको छ । केहीबर्ष अगाडि उनीहरु नेपालबाट शरणार्थीका रुपमा अमेरिका आएका थिए ।