न्युयोर्कको क्विन्सबाट बेपत्ता ६८ बर्षिया निर्मला मैनाली ६० घण्टापछि सकुशल फेला


प्रकाशित मिति : आश्विन २९, २०८० सोमबार

न्युयोर्कको क्विन्सबाट बेपत्ता ६८ बर्षिया निर्मला मैनालीलाई आइतबार राती फेला पारिएको पारिवारिक श्रोतले जनाएको छ । उहाँ शुक्रबार बिहान ८ बजेतिर साउथ ओजन पार्क स्थित छोरी ज्वाईंको घर नजिकैबाट हराउनु भएको थियो ।

उहाँ सकुशल फेला पर्नुभएको पारिवारिक श्रोतले सामाजिक सञ्जालमा जनाएपनि कहाँ र कुन अवस्थामा फेला पारिएको भन्नेबारे केही बताइएको छैन । विगत ४८ घण्टादेखि उहाँको खोजीकार्य तीब्र पारिएको थियो ।

उहाँ घर फर्कने क्रममा हराउनु भएको थियो । कान्छी छोरी, ज्वाईं र नातिनातिलाई भेट्न न्युयोर्क आएको तीनदिनपछि उहाँ हराउनुभएको थियो । उहाँ बिहान ८ बजे मर्निङ वाकमा निस्कनु भएको थियो ।

शुक्रबार बेलुकाको ४ बजे सम्म पनि घर नफर्केपछि खोजी कार्य शुरु गरिएको थियो । स्थानिय प्रहरी प्रशासन, अस्पताल र तथा अन्य सार्वजनिक सहयोग निकायहरुलाई यसबारे जानकारी गराइएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com