न्युयोर्क ज्याक्सन हाइटस् स्टेशनमा ट्रेनको ठक्करबाट १८ बर्षकी किशोरीको मृत्यु


प्रकाशित मिति : आश्विन ३०, २०८० मंगलबार

न्युयोर्कको क्वीन्स ज्याक्सन हाइटस् स्टेशनमा मंगलबार बिहान ट्रेनको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। उनी एक स्वास्थ्य समस्याबाट पीडित भएर ई ट्र्रेनको ट्र्याकमा खसेपछि दुर्घटना भएको हो ।

न्युयोर्क प्रहरी र चिकित्सा परीक्षकले १८ वर्षीया जेसिका मार्लेनी अज्जाक ग्वार्कासको शव ज्याक्सन हाइट्स रुजवेल्ट एभिन्यू स्टेशनबाट निकालेका थिए । घटनापछि यात्रुहरू स्तब्ध भएर प्लेटफर्ममा रोकिएका थिए। ६ बजेर ४० मिनेटमा उनलाई मृत घोषणा गरिएको थियो ।

बिहान साढे ६ बजे स्कुल जानका लागि ट्रेन चढ्न उनी सबवे प्लेटफर्ममा उभिएकी थिइन् । त्यसपछि उनी बेहोस भएर ट्र्याकमा खसेकी थिइन् र आउँदै गरेको रेलले ठक्कर दिएको थियो ।

अधिकारीहरूले निगरानी भिडियो फुटेजको समीक्षा गरेका छन्। उनीहरुले कुनै शंकास्पद गतिविधि नभएको बताएका छन् । यो केवल एक दुखद दुर्घटना भएको तर कुनै अपराधिकता नभएको उनीहरुले बताएका छन् ।

प्रहरीले अनुसन्धान गरिरहँदा मंगलबार बिहान सबवे सेवा केही घण्टा प्रभावित भएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com