न्यूयोर्कमा आप्रवासी संकट: एकल परिवारको घरमा दर्जनौं आप्रवासी बस्दै गरेको फेला
प्रकाशित मिति : कार्तिक २, २०८० बिहीबार
न्यूयोर्कमा आप्रवासी संकट गहिरिदै जाँदा क्लार्कस्टाउनको एकल परिवार बस्ने घरमा २५ जनासम्म आप्रवासीहरु बस्दै गरेको फेला परेको छ । सरकारी अधिकारीहरुले निरीक्षण गर्दा अवैध रूपमा उपविभाजित र एकल कोठा ओपेन्सीमा रूपान्तरण गरिएको एकल परिवारको घरमा लगभग २५ व्यक्तिहरू बसिरहेको र अटारीसहित प्रत्येक कोठा ओगटेको फेला परेको हो ।
मार्चमा स्प्रींग भ्यालीको एक घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको थियो । उक्त घरपनि अवैध रूपमा उपविभाजित थियो। त्यसको प्रतिक्रियामा रकल्याण्ड काउन्टीले धेरै निरीक्षणहरू सञ्चालन गरेको थियो । आगलागी भएमा ती मानिसहरूलाई बचाउन भित्र पस्न र उनीहरुलाई बाहिर निकाल्न मुस्किल हुने टाउन सुपरभाइजरको भनाई छ ।
प्रायः फ्लपहाउसहरू भनेर चिनिने उपविभाजित घरहरू काउन्टी भरिका उपनगरीय समुदायहरूमा रहेका छन् । यद्यपि न्यूयोर्क सिटीमा भर्खरैको आप्रवासी संकटले आवासको आवश्यकतालाई धेरै बढाएको छ । जसका कारण अवैध आवासहरूको संख्या कैयन गुणा बढेको छ। स्थानीय नेताहरूले यो संकटलाई टार्न सहयोगको लागि संघीय सरकारलाई फेरि आह्वान गरेका छन्।
रकल्याण्ड काउन्टीले न्यूयोर्क सिटीबाट आउने शरणार्थीहरूको लागि आश्रयस्थलको रूपमा सञ्चालन गर्नबाट मोटेलहरूलाई रोक्नको लागि अदालतमा मुद्दा समेत दायर गरेको छ ।