अमेरिकाको मेनमा १८ जनाको ज्यान जानेगरी गोली चलाउने संदिग्ध मृत फेला


प्रकाशित मिति : कार्तिक ११, २०८० शनिबार

अमेरिकाको मेन राज्यको लेविस्टनमा १८ जनाको मृत्यु र १३ जना घाइते हुनेगरी गोली चलाउने संदिग्ध शुक्रबार राति मृत फेला परेको प्रहरीले जनाएको छ । आक्रमणको करिब ४८ घण्टापछि संदिग्धलाई आफैले हानेको गोली लागेको अवस्थामा मृत फेला पारिएको हो ।

अधिकारीहरूले संदिग्ध रोबर्ट कार्डको स्पष्ट आत्म घाती बन्दुकको गोलीबाट मृत्यु भएको पुष्टि गरेका हुन् । बुधवार साँझ लेविस्टनको गल्ली र रेस्टुरेन्टमा गोलीकाण्डपछि अधिकारीहरुले रोबर्ट कार्डको गहन खोजी गरिरहेका थिए ।

प्रहरीले साँझ पौने ८ बजे कार्डको शव फेला पारेका हुन् । शव लिस्बन फल्स क्षेत्रको एन्ड्रोस्कोगिन नदी नजिक फेला परेको थियो जुन बुधबार गोली चलेको लेविस्टनबाट करिब १० माईल टाढा रहेको छ ।

(AP Photo/Matt Rourke)

मेनका बासिन्दाहरुले गोलीकाण्डपछि बन्दुकधारी फरार हुँदा घरमा लुकेर कष्टकर दिन बिताएका थिए । राष्ट्रपति जो बाइडेनले मेनका बासिन्दाहरू अब सुरक्षित भएको भन्दै आफ्नो मेनका जनतालाई सहयोग गर्न आवश्यक पर्ने सबै कुरा प्रदान गर्न जारी राख्ने बताएका छन् । राष्ट्रपतिले बन्दुक हिंसालाई सम्बोधन गर्न कांग्रेसलाई आह्वान पनि दोहोराएका छन् ।

गोलीबारीबाट बचेका बासिन्दाले शुक्रबार लुइस्टन गोलीकाण्डका संदिग्धको मृत्युको खबरमा प्रतिक्रिया दिएका छन् । उनीहरुले संदिग्धको मृत्यु समुदायका लागि राहत भएपनि धेरै प्रश्नहरू अनुत्तरित भएको बताएका छन् ।

(AP Photo/Matt Rourke)

मेनको गोलीकाण्ड यस वर्षको अमेरिकामा सबैभन्दा घातक सामूहिक गोलीबारी हो भने युभाल्ड स्कूल नरसंहार पछिको सबैभन्दा घातक हो । बन्दुक हिंसा अभिलेखका अनुसार यस वर्ष देशभरि कम्तिमा ५६६ सामूहिक गोलीबारी भएका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com