न्युयोर्क सिटी प्रहरीबाट प्यालेस्टाइन समर्थक प्रदर्शनकारीलाई गिरफ्तार गर्न ड्रोन प्रयोग


प्रकाशित मिति : कार्तिक ११, २०८० शनिबार

न्युयोर्क सिटी प्रहरीले हमास इजरायल युद्धपछि सुरु भएको प्रदर्शनको क्रममा २३९ जनालाई गिरफ्तार गर्न १३ पटक ड्रोन प्रयोग गरेको छ । भिडियो हेरेर कानून भङ्ग गर्ने धेरै मानिसहरूलाई पक्राउ गर्न सकिने अधिकारीहरूले बताएका छन् ।

आफूहरुले भिडियोमा सबै कुरा पाएको अधिकारीहरुले बताएका छन् । ब्रुकलिनको बे रिजमा प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूको अक्टोबर २१ मा पुलिससँग झडप गरेका थिए भने बोतल, आतिशबाजी र अण्डा फ्याँकेका थिए । त्यो प्रमाणलाई ब्रुकलिन डिस्ट्रिक्ट एटोर्नीको कार्यालयमा पठाएर गिरफ्तारीहरू बढाउन मद्दत गर्ने अधिकारीको भनाई छ ।

(Photo by Kena Betancur / AFP)

प्रहरीले बिहीबारसम्म करिब ११० वटा विरोध प्रदर्शन भएको र करिब ७० हजार प्रदर्शनकारीहरु सामेल भएको बताएको छ । प्रहरीले कुनै पनि हिंसात्मक कार्य भए नभएको जाँच गर्न ड्रोन भिडियोहरूको समीक्षा गरिरहेको बताएको छ। उनीहरूले सामाजिक सञ्जालमा पोष्ट गरिएका सेल फोन भिडियोहरू र प्रहरी अधिकारीहरूको बडी क्यामेरा भिडियोहरू पनि हेरिरहेका छन्।

अहिले आफूहरुले हेरिरहेको भिडियोमा कुनै अन्य हिंसा वा आक्रमणहरू नभएको प्रहरीको भनाई छ । ती गिरफ्तारीहरू मध्ये धेरैजसो नागरिक अवज्ञा मात्रै रहेको जनाइएको छ ।
एमटीए बसको माथि चढेर प्यालेस्टिनी झण्डा फहराउने दुई युवा पुरुषको मोबाइल फोनको फुटेज पनि प्रहरीले सामाजिक सञ्जालमा पोष्ट गरेको छ। बसमा कुनै प्रकारको आपराधिक काम भए नभएको हेर्न एमटीएसँग काम गरिरहेको र आफूहरु प्रभावकारी रूपमा ती व्यक्तिहरूको पछि लाग्ने प्रहरी भनाई छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com