अझै बढ्यो ग्रिनकार्डवाहकले नेपालबाट दम्पत्ति र छोराछारी ल्याउन लाग्ने अवधि, झण्डै ५ बर्ष लाग्ने


प्रकाशित मिति : कार्तिक २४, २०८० शुक्रबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुरल अफेयर्सले जारी गरेको डिसेम्बरको भिसा बुलेटिन अनुशार परिवारमा नोभेम्बरको तुलनामा फाइलिङ मिति र भिसा अप्वाइन्टमेन्ट पाउने मितिमा कुनै फेरबदल नभएकाले ग्रिनकार्ड पाउनका लागि हुने ढिलाई एक महिना थपिएको छ । परिवारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड डिसेम्बरमा पनि करेन्ट नहुने भएको छ । युएससीआईएसले पनि सोही फाइलिङ मितिलाई नै आधार मानेकाले कुनै पनि श्रेणीमा अमेरिकामा हुनेले आई १३० आवेदनका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाइने छैन ।

भिसा बुलेटिन अनुशार ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीको ग्रिनकार्ड डिसेम्बरमा पनि करेन्ट नहुने भएको छ । अर्थात् अमेरिकामा हुने ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीहरुले डिसेम्बरमा पनि आई १३० आवेदनका साथमा एकसाथ आई ४८५ ग्रिनकार्ड आवेदन फाइल गर्न पाउनेछैनन् ।

डिसेम्बरमा ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीहरुका लागि ग्रिनकार्ड फाइल गर्न वा नेशनल भिसा सेन्टरले प्रकृया अगाडि बढाउन आवेदनको प्राथमिकता मिति १ सेप्टेम्बर २०२३ भन्दा अगाडिको हुनुपर्नेछ । अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा ८ फरबरी २०१९ भन्दा अगाडि प्राथमिकता मिति हुनेहरुलेमात्र दूतावासमा भिसाका लागि अन्तरवार्ताको अप्वाइन्टमेन्ट पाउन सक्नेछन् । फाइल गरेको मितिले ४ बर्ष १० महिनामा आप्रवासी भिसा पाउन सकिनेछ ।

उल्लेखित मितिभन्दा अगाडि प्राथमिकता मिति भएका अमेरिकाभित्रै हुनेहरुले डिसेम्बरमा ग्रिनकार्ड फाइल गर्न पाउनेछन् । बाहिर हुनेहरुका सन्दर्भमा नेशनल भिसा सेन्टरले पनि यही मिति अनुशार प्रकृया अगाडि बढाउनेछ ।

डिसेम्बरको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका अविवाहित छोराछोरीहरुले ग्रिनकार्ड पाउनका लागि लाग्ने अवधि ८ बर्ष ११ महिना रहेको छ । यदि तपाईको आई १३० आवेदन युएससीआईएसबाट स्वीकृत भएर नेशनल भिसा सेन्टरमा पुगेको छ भने १ सेप्टेम्बर २०१७ भन्दा अगाडि प्राथमिकता मिति भएको आवेदनलाई डिसेम्बरमा नेशनल भिसा सेन्टरले अगाडि बढाउनेछ । तर भिसाको अप्वाइन्टमेन्ट पाउन भने आवेदनको प्राथमिकता मिति १ जनवरी २०१५ भन्दा अगाडिको हुनुपर्छ ।

योभन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र डिसेम्बरमा भिसा अप्वाइन्टमेन्ट पाउनसक्छन् ।

ग्रिनकार्डवाहकका २१ बर्ष नाघेका अविवाहित छोराछोरीका लागि ग्रिनकार्ड पाउने लाग्ने अवधि ८ बर्ष १ महिना पुगेको छ । यदि तपाईको आई १३० आवेदन युएससीआईएसबाट स्वीकृत भएर नेशनल भिसा सेन्टरमा पुगेको छ भने १ जनवरी २०१७ भन्दा अगाडि प्राथमिकता मिति भएको आवेदनलाई डिसेम्बरमा नेशनल भिसा सेन्टरले अगाडि बढाउनेछ । तर भिसाको अप्वाइन्टमेन्ट पाउन भने आवेदनको प्राथमिकता मिति २२ सेप्टेम्बर २०१५ भन्दा अगाडिको हुनुपर्छ ।

अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा उल्लेखित मितिभन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र डिसेम्बरमा भिसाका लागि दूतावासमा अन्तरवार्ता अप्वाइन्टमेन्ट प्राप्त गर्न सक्नेछन् ।

अमेरिकी नागरिकका विवाहित छोराछोरीका लागि पनि ग्रिनकार्ड पाउने लाग्ने अवधि निकै लामो छ । यो अवधि १४ बर्ष ११ महिना रहेको छ । यदि तपाईको आई १३० आवेदन युएससीआईएसबाट स्वीकृत भएर नेशनल भिसा सेन्टरमा पुगेको छ भने १ मार्च २०१० भन्दा अगाडि प्राथमिकता मिति भएको आवेदनलाई डिसेम्बरमा नेशनल भिसा सेन्टरले अगाडि बढाउनेछ । तर भिसाको अप्वाइन्टमेन्ट पाउन भने आवेदनको प्राथमिकता मिति ८ जनवरी २००९ भन्दा अगाडिको हुनुपर्छ ।

योभन्दा अगाडि प्राथमिकता मिति भएका अमेरिकाभित्र हुनेहरुलेमात्र डिसेम्बरमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाउँछन् । अमेरिकाबाहिर हुनेहरुको सन्दर्भमा पनि नेशनल भिसा सेन्टरले यही आधारमा प्रकृया अगाडि बढाउँछ ।

अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि १६ बर्ष ७ महिना रहेको छ । यदि तपाईको आई १३० आवेदन युएससीआईएसबाट स्वीकृत भएर नेशनल भिसा सेन्टरमा पुगेको छ भने १ मार्च २००८ भन्दा अगाडि प्राथमिकता मिति भएको आवेदनलाई डिसेम्बरमा नेशनल भिसा सेन्टरले अगाडि बढाउनेछ । तर भिसाको अप्वाइन्टमेन्ट पाउन भने आवेदनको प्राथमिकता मिति २२ अप्रिल २००७ भन्दा अगाडिको हुनुपर्छ ।

अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा भने १ सेप्टेम्बर २०१७ भन्दा अगाडि प्राथमिकता मिति हुने अमेरिकी नागरिकका अविवाहित छोराछोरीहरु, १ जनवरी २०१७ भन्दा अगाडि प्राथमिकता मिति हुने ग्रिनकार्डवाहकका २१ बर्ष नाघेका अविवाहित छोराछोरीहरु, १ मार्च २०१० भन्दा अगाडि प्राथमिकता मिति हुने अमेरिकी नागरिकका विवाहित छोराछोरी र १ मार्च २००८ भन्दा अगाडि प्राथमिकता हुने अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुले डिसेम्बरमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com