अमेरिकी विदेश मन्त्रालयबाट नेपालका लागि ट्राभल एडभाइजरी अपडेट


प्रकाशित मिति : पुस ५, २०८० बिहीबार

aerial view of city buildings during daytime

अमेरिकी विदेश मन्त्रालयले नेपालका लागि ट्राभल एडभाइजरी अपडेट गरेको छ । नेपाल यात्रा थर्दा बढ्दो सावधानी अपनाउनुपर्ने लेभल २ मा रहेको छ । जोखिमका सूचकहरूको आवधिक समीक्षा पछि ट्राभल एडभाइजरी पुन जारी गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

पृथक राजनीतिक हिंसाको सम्भाव्यताका कारण नेपालमा यात्रा गर्दा सावधानी बढाइएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । शान्तिपूर्ण हुन खोजेका राजनीतिक प्रदर्शनहरू कहिलेकाहीं हिंसामा परिणत हुन सक्छन् र नेपाली अधिकारीहरूले बल प्रयोग गर्न सक्ने ट्राभल एडभाइजरीमा उल्लेख छ ।

यदि नेपाल भ्रमण गर्ने निर्णय गरेमा प्रदर्शन र भीडबाट बच्न अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकहरुलाई सुझाव दिएको छ । त्यस्तै एक्लै पदयात्रा वा आरोहण नगर्न सुझाव दिइएको छ । नेपालको आधिकारिक राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रहरूमा पदयात्रा गर्दा एकल वा विदेशी स्वतन्त्र ट्रेकर्सलाई स्थानीय गाइड वा भरिया प्रयोग गर्नुपर्ने नेपालको सरकारी आवश्यकता पूरा गर्न सुझाव दिइएको छ ।

gray temple scenery

सन् २०२३ को जुन २३ पछि अमेरिकी विदेश मन्त्रालयले झण्डै ६ महिनापछि सोमबार नेपालका लागि ट्राभल एडभाइजरी अपडेट गरेको हो । अघिल्लो सुझावमा एक्लै पदयात्रामा नजानमात्र भनिएकोमा यसपटकमा त्यसमा विस्तार गरिएको छ । यस अगाडिको सुझावमा नेपालका पूर्वाधार, सरकारी सेवाहरू र चिकित्सा सहायता अमेरिकी मापदण्डहरू अनुरूप नहुनसक्ने उल्लेख गरिएकोमा अहिले त्यो हटाइएको छ । पहिले ट्राभल एडभाइजरी ई श्रेणीमा जारी गरिएकोमा अहिले यु श्रेणीमा जारी गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com