आजदेखि अमेरिकाका थप गैर आप्रवासी भिसाका लागि अन्तरवार्ता छुट


प्रकाशित मिति : पुस १६, २०८० सोमबार

जनवरी १ देखि दुई श्रेणीमा पर्नेलाई अमेरिकी भिसा अन्तरवार्ता छुट दिइने भएको छ । अमेरिकी विदेशमन्त्रीले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीसँगको परामर्श पछि अन्तर्वार्ता छूटको कोटीहरु राष्ट्रिय हितमा भएको निर्धारण गरेका हुन् ।

यी परिवर्तनहरू कन्सुलर अधिकारीहरूद्वारा लागू गरिने र त्यसका आधारमा कन्सुलर अधिकारीले भिसामा अन्तर्वार्ता छुट दिने अधिकार र विवेक प्रयोग गर्नेसक्ने जनाइएको छ । जनवरी १ देखि पहिलो पटक आवेदन दिने अस्थायी कृषि र गैर कृषि कामदार भिसा आवेदकहरूले भिसा अन्तरवार्तामा छुट प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै पहिले कुनै पनि प्रकारको गैरआप्रवासी भिसा जारी गरिएका कुनै पनि प्रकारको गैरआप्रवासी भिसाका लागि आवेदन दिनेहरुले पनि भिसा अन्तरवार्ताका लागि छुट प्राप्त गर्न सक्नेछन् । तर केवल पहिले जारी गरिएको भिसा बी भिसा भएको अवस्थामा बाहेक उनीहरुले त्यस्तो भिसा छुट प्राप्त गर्नेछन् । साथमा पहिले जारी गरिएको भिसा समाप्त भएको ४ बर्ष नाघेको हुनुहुँदैन ।

सबै अवस्थामा आवेदकहरूले अन्तर्वार्ता छूटको लागि योग्य हुन निश्चित कानुनी आवश्यकताहरू पूरा गर्नुपर्छ। यो नियमको कार्यान्वयन आगामी जनवरी १ मा सुरु हुने र वार्षिक रूपमा समीक्षा गरिने जनाइएको छ। यो अधिकार अर्को सूचना नभएसम्म कायम रहने छ।

साथसाथै अघिल्लो भिसाको म्याद समाप्त भएको ४८ महिना भित्र सोही प्रकारको गैरआप्रवासी भिसा नवीकरण गर्ने आवेदकहरू पनि अन्तर्वार्ता छूटको लागि योग्य भइरहनेछन् । उक्त नियम पनि अर्को सूचना नभएसम्म कायम रहने छ।

अन्तर्वार्ता छूटको लागि योग्य हुन, आवेदकहरूले निश्चित मापदण्डहरू पनि पूरा गर्नुपर्छ । उनीहरु भिसाको आवेदन दिने देशका निवासी वा नागरिक हुनुपर्छ । विगतमा कहिलेपनि भिसा अस्वीकार भएको हुनुहुदैन । कुनै स्पष्ट वा सम्भावित अयोग्यता हुनुहुँदैन ।

कन्सुलर अधिकारीहरूले अझै पनि केसका आधारमा वा स्थानीय परिस्थितिहरूको कारणले व्यक्तिगत अन्तर्वार्तामा बोलाउन सक्नेछन् । आवेदकहरूलाई भिसा आवेदन आवश्यकताहरू र प्रक्रियाहरूबारे विस्तृत जानकारीको लागि सम्बन्धित दूतावासको वेबसाइटहरू जाँच गर्न प्रोत्साहित गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com