घटे अमेरिकी दूतावास काठमाडौंबाट भिजिटर भिसा पाउने नेपाली, विद्यार्थी भिसा पाउने बढे
प्रकाशित मिति : पुस ८, २०८० आईतबार
अमेरिकी दूतावास काठमाडौंबाट भिजिटर भिसा पाउनेहरुको संख्यामा गत महिना केही गिरावट आएको छ । अक्टोबरमा अमेरिकी दूतावास काठमाडौंले १६७५ जनालाई भिजिटर भिसा जारी गरेकोमा नोभेम्बरमा यो संख्यामा कमी आएको हो । नोभेम्बरमा १४१९ जनालेमात्र अमेरिकी दूतावास काठमाडौंबाट भिजिटर भिसा पाएका छन् । नोभेम्बरमा विश्वभरबाट भने १७७९ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका छन् ।
अमेरिकी दूतावास काठमाडौंबाट भिजिटर भिसा पाउने नेपालीहरुको संख्या घटेपनि नोभेम्बरमा विद्यार्थी भिसा पाउनेहरुको संख्या भने बढेको छ । नोभेम्बरमा ७०८ जनाले अमेरिकी दूतावास काठमाडौंबाट विद्यार्थी भिसा पाएका छन् भने नोभेम्बरमा विश्वभरबाट ७८४ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका छन् । काठमाडौंमा रहेको अमेरिकी दूतावासले अक्टोबरमा ४९५ जनालाई मात्र विद्यार्थी भिसा जारी गरेको थियो ।
अमेरिकामा भिजिटर भिसामा ओभरस्टे हुने नेपालीको संख्या र प्रतिशतमा रेकर्ड ब्रेक, गतबर्षको तुलनामा दोब्बर
अमेरिकामा भिजिटर भिसामा आएर ओभरस्टे हुने नेपालीहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ । अमेरिकामा आर्थिक बर्ष २०२२ मा भिजिटर भिसामा आएर ओभरस्टे हुने नेपालीहरुको दर १२ दशमलव ३१ प्रतिशत रहेको छ । जसमध्ये १० दशमलव ८९ प्रतिशत ओभरस्टे भएरपनि अमेरिकाभित्रै बसे भने बाँकीले ओभरस्टे भइसकेपछि अमेरिका छाडेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ ।
गत आर्थिक बर्ष २०२२ मा अमेरिकामा भिजिटर भिसामा रहेका १४ हजार ६९९ जनाले अमेरिका छाड्ने अपेक्षा गरिएको थियो । तर उनीहरुमध्ये २०८ जनाले ओभरस्टे भइसकेपछिमात्र अमेरिका छाडे भने १६०१ जना ओभरस्टे भइसकेपछि पनि अमेरिकाभित्रै बसे । यसरी आर्थिक बर्ष २०२२ मा कुल १८०९ जना भिजिटर भिसामा रहेका नेपालीहरु ओभरस्टे भए । उनीहरु भिसा अवधि नसकिदै अमेरिकाबाट फर्केनन् भने अमेरिकामा पनि स्टाटस परिवर्तन गरेनन् वा अन्य कुनै अध्यागमन सुविधाका लागि आवेदन दिएनन् ।
आर्थिक बर्ष २०२१ को तुलनामा यो दर झण्डै दोब्बर हो । आर्थिक बर्ष २०२१ मा अमेरिकामा भिजिटर भिसामा रहेका ३५०७ जना नेपालीहरुले अमेरिका छाड्ने अपेक्षा गरिएको थियो । तर १५२ जनाले ओभरस्टे भइसकेपछिमात्र अमेरिका छाडे भने १४६ जना ओभरस्टे भएर पनि अमेरिकामा नै बसिरहे । यसरी आर्थिक बर्ष २०२१ मा कुल २९८ जना नेपालीहरु अमेरिकामा ओभरस्टे भए । प्रतिशतमा हेर्दा भिजिटर भिसामा आएका नेपालीको कुल ओभरस्टे दर ८ दशमलव ५ प्रतिशत थियो भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरु ४ दशमलव १६ प्रतिशत थिए ।
कोरोना महामारीका बाबजुत पनि आर्थिक बर्ष २०२० मा अमेरिकामा भिजिटर भिसामा आएका जम्मा १२६१ जना नेपालीहरु ओभरस्टे भए । जसमध्ये ७१७ जना ओभरस्टे भइसकेपछि पनि अमेरिकाभित्रै बसेका थिए भने ५४४ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडेका थिए ।
आर्थिक बर्ष २०२० मा भिजिटर भिसामा आएका २७ हजार ७ सय १२ जना नेपालीहरुले अमेरिका छाड्नुपर्ने थियो । उक्त आर्थिक बर्षमा अमेरिकामा भिजिटर भिसामा गएर ओभरस्टे हुने नेपालीहरुको दर ४ दशमलव ५५ प्रतिशत रहेको थियो भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर २ दशमलव ५९ प्रतिशत रहेको थियो । अघिल्लो बर्षको तुलनामा महामारीको पहिलो बर्ष २०२० मा अमेरिकामा ओभरस्टे हुने नेपालीहरुको संख्या र प्रतिशत दुबै बढी थियो ।
आर्थिक बर्ष २०१९ मा २७ हजार ९६ नेपालीले अमेरिका छाड्नुपर्ने थियो तर उनीहरुमध्ये ६७४ जना अमेरिकाभित्रै ओभरस्टे भए भने २४२ जनाले ओभरस्टे भएपछि अमेरिका छाडे । भिजिटर भिसामा आएर कुल ओभरस्टे हुनेहरुको संख्या ९१६ र प्रतिशत ३ दशमलव ३८ रहेको थियो । उक्त आर्थिक बर्षमा अमेरिकामा भिजिटर भिसामा गएर ओभरस्टे हुने नेपालीहरुको दर ३ दशमलव ३८ प्रतिशत रहेको थियो भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर २ दशमलव ४९ प्रतिशत रहेको थियो ।
आर्थिक बर्ष २०१८ मा भिजिटर भिसामा अमेरिका गएका २७ हजार २ सय ५ नेपालीले अमेरिका छाडनुपर्ने थियो तर ९७० जना अमेरिकाभित्रै ओभरस्टे भए भने २१५ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडे । भिजिटर भिसामा आएर कुल ओभरस्टे हुनेहरुको संख्या ११८५ र प्रतिशत ४ दशमलव ३६ प्रतिशत रहेको थियो । अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर ३ दशमलव ५७ प्रतिशत रहेको थियो ।
आर्थिक बर्ष २०१७ मा भिजिटर भिसामा अमेरिका गएका २४ हजार २ सय ४० नेपालीले अमेरिका छाडनुपर्ने थियो तर ४५० जना अमेरिकाभित्रै ओभरस्टे भए भने ११४ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडे । उक्त आर्थिक बर्षमा अमेरिकामा भिजिटर भिसामा गएर ओभरस्टे हुने नेपालीहरुको संख्या ५६४ र दर २ दशमलव ३३ प्रतिशत रहेको थियो भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर १ दशमलव ८६ प्रतिशत रहेको थियो ।
आर्थिक बर्ष २०१६ मा भिजिटर भिसामा अमेरिका गएका १८ हजार ७ सय ७५ नेपालीले अमेरिका छाडनुपर्ने थियो तर ७८९ जना अमेरिकाभित्रै ओभरस्टे भए भने १५७ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडे । उक्त आर्थिक बर्षमा अमेरिकामा भिजिटर भिसामा गएर ओभरस्टे हुने नेपालीहरुको संख्या ९४६ र दर ५ दशमलव ४ प्रतिशत रहेको थियो भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर ४ दशमलव २ प्रतिशत रहेको थियो ।
आर्थिक बर्ष २०१५ मा भिजिटर भिसामा अमेरिका गएका १५ हजार ३ सय ३२ नेपालीले अमेरिका छाडनुपर्ने थियो तर ४९२ जना नेपाली अमेरिकाभित्रै ओभरस्टे भए भने ७२ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडे । उक्त आर्थिक बर्षमा अमेरिकामा भिजिटर भिसामा गएर ओभरस्टे हुने नेपालीहरुको संख्या ५६४ र दर ३ दशमलव ६८ प्रतिशत रहेको थियो भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर ३ दशमलव २१ प्रतिशत रहेको थियो ।
त्यस्तै आर्थिक बर्ष २०१४ मा भिजिटर भिसामा अमेरिका गएका ११ हजार ८ सय ९५ नेपालीले अमेरिका छाडनुपर्ने थियो तर ४१४ जना नेपाली अमेरिकाभित्रै ओभरस्टे भए भने ३९ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडे । उक्त आर्थिक बर्षमा अमेरिकामा भिजिटर भिसामा गएर ओभरस्टे हुने नेपालीहरुको संख्या ४५३ र दर ३ दशमलव ८१ प्रतिशत रहेको थियो भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर ३ दशमलव ४८ प्रतिशत रहेको थियो ।