न्युयोर्कमा तापक्रमले नयाँ रेकर्ड कायम, सन् १९८८ यताकै सबैभन्दा तातो जुन २३


प्रकाशित मिति : असार ९, २०८१ आईतबार

buildings near body of water landscape photography

आज न्युयोर्कको तापक्रमले नयाँ रेकर्ड कायम गरेको छ । न्युयोर्कको सेन्ट्रल पार्कमा आइतवारको उच्च तापक्रम ९४ डिग्री फरेनहाइट अर्थात् ३४ डिग्री सेल्सियसका साथ नयाँ रेकर्ड कायम भएको हो ।

जुन १९८८ मा आजकै दिन तापक्रम ९६ डिग्री फरेनहाइट पुगेकोमा त्यसपछिको आजको दिनको यो उच्च तापक्रम हो । आर्द्रता संगै ९८ डिग्री फरेनहाइट महसुस गर्न सकिने राष्ट्रिय मौषम सेवाको भनाई छ । अहिले ठूला शहरहरू, वाशिंगटन, फिलाडेल्फिया र न्युयोर्क सबैले अत्यधिक गर्मीको सामना गरिरहेका छन् ।

five children playing water during day time

शनिबार वाशिंगटनको डलेस अन्तर्राष्ट्रिय विमानस्थलमा तापक्रम १०० डिग्री फरेनहाइटको रेकर्डमा पुगेको थियो । बाल्टिमोर वाशिंगटन थुरगुड मार्शल एयरपोर्टमा तापक्रम १०१ डिग्री फरेनहाइट पुगेको थियो । ले ज्ञण्ज्ञँ लाई छोयो। पेन्सिलभेनियामा पनि १०१ डिग्री र एलेनटाउनमा ९८ डिग्री फरेनहाइट पुगेको थियो ।

गर्मीसँगै ओजोनको सतह बढ्दै गएको छ । जसले गर्दा न्युजर्सी र दक्षिणी न्युयोर्कका केही भागहरूमा वायुको गुणस्तर घटिरहेको छ। न्युयोर्क शहरमा वायुको गुणस्तर स्तर संवेदनशील समूहहरूको लागि अस्वास्थ्यकर पूर्वानुमान गरिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com